सडकमा पनि बिरामी ओसार्न स्ट्रेचरको प्रयोग

दाङ । भदौ १९ गते बबई गाउँपालिका-७ मलईकी २२ बर्षीय निर्मला घर्तीलाई स्ट्रेचरको सहयोगले घर लगियो । भदौ १७ गते राप्ती अञ्चल अस्पतालमा सुत्केरी भएकी निर्मलालाई शान्तिनगर गाउँपालिका–५ कोरबाङबाट स्ट्रेचरमा राखेर घर लगिएको हो ।

 

यस्तै गत असोजमा मलईकै बलबहादुर बुढाथोकीलाई पनि स्ट्रेचरमा राखेर मलईबाट गाडी सञ्चालन हुने बबईको मठेउरीसम्म ल्याइयो त्यसपछि बसमा राखेर उपचारका लागि तुलसीपुर ल्याइयो । घर्ती र बुढाथोकी नमुनाका पात्र हुन् उनीहरु जस्तै बर्षाको समयमा कोही बिरामी भएमा र बिरामी उपचारपछि यस्तै गरी घर लग्नुपर्छ र अस्पताल पु¥याउर्ने बाध्यता छ । 

 

बर्षाको समयमा बबई गाउँपालिका वडा नम्बर १ र ७ का बस्तीका स्थानीयलाई बर्षौदेखि यस्तै समस्या हँुदै आएको छ । विकट बस्तीहरुमा आवश्यक सडक पुर्वाधार बाह्रै महिनाभरी उपलब्ध नहुँदा यस्तै समस्याले पीडित हुने गरेका छन् । स्थानीय र सामुदायिक बनले गरेको लगानीले निर्माण गरेका सडक बाह्रै महिना सञ्चालन हुन सकिरहेका छैनन् । 

 

बर्षाको समयमा बबई गाउँपालिकाका वडा नम्बर १ का सबै बस्तीमा सडक सञ्जालले काम गर्दैन भने वडा नम्बर ७ को मलईलगायतका क्षेत्रमा सडक सञ्जाल पनि बर्षाले जीर्ण बन्ने भएपछि स्थानीयले समस्या भोग्ने गरेका छन् । जसले गर्दा बिरामी, गर्भवती तथा खोप लगाउने बालबालिका समस्यामा पर्ने गरेका छन् ।

 

मंसिर महिनादेखि जेठ महिनासम्म सञ्चालनमा आउने मौसम सडकले स्थानीयलाई सहज हुने भएपनि असारदेखि शुरु हुने बर्षाले कात्तिक महिनासम्म सास्ती दिने गरेको मलईका स्थानीय अमर बुढाले बताए । गाउँपालिका केन्द्र तथा तुलसीपुर बजारसम्म पुग्नका लागि सात महिनासम्म राम्रो हुने भएपनि बाँकी पाँच महिना निकै सकस हुने गरेको छ ।

 

यता बबई गाउँपालिकाले बर्षा रोकीएपछि जीर्ण भएका सडक मर्मतका लागि काम सुरु गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले गतबर्ष बर्षाले जीर्ण बनाएका सडक मर्मत गरेको स्मरण गर्दै यसबर्ष पनि त्यस कार्यलाई निरन्तरता दिने जानकारी दिए । विकट बस्तीमा धेरै समस्या रहेको भन्दै पहिलो चरणमा त्यस्ता बस्तीका सडकलाई प्राथमिकता दिने बताए ।

 

सुरक्षाकर्मीको स्ट्रेचर प्रयोग

मलईका बिरामीलाई ओसार्नका नेपाली सेनाको स्ट्रेचर प्रयोग हुने गरेको छ । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनासँग रहेको स्ट्रेचर प्रयोग हुने गरेको छ । महिला स्वयमसेविकासँग रहेको स्ट्रेचर बिग्रिएपछि नेपाली सेनाको सहयोगमा बिरामी ओसार्न सजिलो भएको स्थानीयले बताएका छन् । 

 

स्थानीयवासी तथा पत्रकार प्रेम पुनका अनुसार नेपाली सेनासँग भएको स्ट्रेचर पनि बिग्रिएको छ । ‘त्यसमा काठ प्रयोग गरेर हामीले काम चलाएका छौँ त्यही पनि बिग्रेको खण्डमा बिरामीलाई अस्पतालसम्म कसरी पु¥याउने चिन्ताको बिषय बनेको छ’ पुनले भने । उनले गाउँपालिकासँग स्टे«चरको माग गरिएको बताए ।


थप समाचार

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

  • 1 minute ago
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पह

भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

  • 5 minutes ago
भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

एजेन्सी । स्पेन सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।

नेपाल थाइल्याण्डसँग पराजित

  • 26 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।