पौने सात करोड पचाउन नेताको घरदैलो चहार्दै एक व्यापारी

  • बुधबार, २७ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौं । रसुवागढी नाका हुँदै अवैध तवरले व्यापार गर्दै आएका एक व्यापारी पौने सात करोड रुपैयाँ पचाउन नेताको घरदैलो चहारिरहेको रहस्य खुलेको छ । 

 

अवैध रुपमा नाका पार गरी काठमाडौं ल्याउन लागेको पौने सात करोड रुपैयाँको सामानसहितको कन्टेनर राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि छुटाउनका लागि व्यापारी नवराज तिमल्सिनाले नेताको घरदैलो चहार्न थालेका हुन् ।

 

विभागले एक साताअघि ना६ख ६६५२ नम्बरको कन्टेनर अवैध सामानससिहत नियन्त्रणमा लिएको थियो । विभागले उक्त अवैध सामानको मूल्य पौने सात करोड तोकेर विगो तिराउने निर्णय गरिसकेको छ । तर, तिमल्सिनाले भने उक्त सामान आफ्नो नभएर अरु विभिन्न फर्मको भएको बताउँदै आएका छन् । 

 

विगो तिर्नबाट पन्छन उनले अरु विजनेश फर्मको नाम लिएको राजश्व विभागले बुझिसकेको छ । उनले विभिन्न फर्मको नाममा अवैध सामान लोड गरेर यसअघि पनि करोडौं रुपैयाँ भन्सार छलेरको आरोप लाग्दै आएको छ ।

 

उनले सामान बोकेर नाका पार गर्ने र कन्टेनरमा लोड गरेर भन्सार छल्ने गरेको उक्त नाका हुँदै व्यापार गर्नेहरुले बताउँदै आएका छन् ।  उनी अहिले राजश्व विभागबाट कन्टेनर र सामान छुटाउन आफूनिकट सांसद, मन्त्रीसँगै व्यापारी नेताहरुको घर धाइरहेका छन् । विभागले भने उनको खोजी गरिरहेको छ । उनी लुकीलुकी नेताका घर चहारिरहेका छन् ।

 

उनी अहिले व्यापारीहरुको संगठनः हिमालय सीमापार वाणिज्य संघका महासचिव हुन् । उनी केही समयअघिसम्म तातोपानी भन्सार कार्यालयको क्यान्टिनमा भान्छेको काम गर्दै आएका थिए । 

 

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवा नाका हुँदै अवैध व्यापार गर्न थालेका हुन् । उनी अहिले अवैध कारोबार गर्ने ठूलो गिरोहसँग संलग्न रहेर काम गरिरहेको बताइएको छ ।


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 1 hour ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 1 hour ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 1 hour ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।