सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 8 months ago
  • अर्थ

खोटाङ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ । 

 

स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा विस्तार भएपछि स्थानीय निकायलाई सहज भएको छ । 

 

स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक र यसअघि नै राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा साल्पा विकास बैंक सञ्चालनमा आएपछि सरकारी कामकाज तथा स्थानीयवासीलाई सजिलो भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा कृषि विकास बैंक र साल्पा विकास बैंक, उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ लामिडाँडामा सेन्चुरी कमर्सियल बैंक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा सानिमा विकास बैंक सञ्चालन भएको छ । हलेसी तुवाचुङमा हालैमात्र माछापुच्छे बैंक स्थापना भएको छ । 

 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको केपिलासगढी, बराहापोखरी र साकेला गाउँपालिकामा पनि बैंक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको योजना छ ।’ उनले भने, ‘जिल्लाका बाँकी स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थापना गरेर कारोवार शुरु हुन्छ ।’ 

 

स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्मार्णको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायतका लागि दुई दिनसम्म पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल जानु÷आउनुपर्ने बाध्यता हटेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

‘बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई पैदल हिँडेर सदरमुकाम दिक्तेल पुग्नु पथ्र्यो ।’ उनले भने, ‘अहिले पालिकामै बैंक सञ्चालन भएपछि समय र खर्च दुवैको बचत भएको छ ।’

 

दिक्तेल बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक र हलेसी तुवाचुङ नगरपालिकामा रहेकोे माछापुच्छे बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास बैंक, ज्योति विकास बैंकलगायत एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् । 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 6 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 10 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 10 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।