असोज १४ र १५ गते जपानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिएका छन् । 

 

सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ । सम्मेलनमा जापानका चर्चित हाइकु कविहरुले पनि नेपाली कविलाई साथ दिनेछन् । 

 

शिनओकुबो स्थित नेपाली मुरा हल (सोलमारी) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल  ‘माइला’ले जनाएका छन् । 

 

‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ । नेपालसहित विभिन्न मुलुकका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं । त्यसमध्ये कतिपय जापान आइपुग्नु भएको छ ।’ संयोजक पौडेलले भने, ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो ।’ 

 

कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्रा्ष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ । कार्यक्रमको तयारीको लागि प्रकाश पौडेल ’माइला’ संयोजक र दीप पाठक सहसंयोजक रहेको मुल आयोजक समिति गठन गरिएको छ । 

 

जापानका चर्चित हाइजिन एवं कविहरुको उपस्थिति हुने भएकाले कार्यक्रम सफल पार्न झन्डै एक दर्जन उप समितिहरु गठन गरेर तयारी गरिएको अनेसास जापानका अध्यक्ष समेत रहेका दीप पाठकले बताए । 

 

‘जापानी हाइजिनहरुलाई नेपाली साहित्यकारको क्रियाशिलता र सक्रियता देखाउन पनि हामीले मेहेनत गरिरहेका छौं ।’ अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले भने, ‘यसले हामीलाई कार्यक्रम सिर्जनशिल बनाउन सहयोग गरेको छ ।’

 

पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउँदो रुपमा छ । नेपाल हाइकु केन्द्रको नेतृत्त्व प्रा. रामकुमार पाँडेले गरेका छन् भने हाइकुको जन्मथलो जापानमा बसेर प्रकाश पौडेल ’माइला’ ले अबिछिन्न काम गरी रहेका छन् । 

 

जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको बिमोचन गरिनेछ भने रामकुमार पाँडे र प्रकाश पौडेल ’माइला’ ले अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको मुख्य आकर्षणको रुपमा प्रसिद्द जापानी हाइकु कविहरुको सहभागिता हुनेछ ।

 

‘नेपाली र जापानी कविहरु बिचको सहकार्य शुरुवात भइसकेको छ । अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले भन्छन्, ‘सम्मेलनले जापान–नेपाल साहित्यको वृद्धिमा ठूलो योगदान दिने देखिएको छ ।’

 

सम्मेलनमा सहभागिता जनाउन नेपालबाट रामकुमार पाँडेको संयोजनमा अश्बिनी कोइराला, प्रभा बराल, बिजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल जापान पुगेका छन् भने बेलायतबाट कृष्ण बजगार्इंको उपस्थिति हुनेछ । 

 

कार्यक्रममा जापानमा बसोबास गरेर साहित्य सिर्जना गरिरहेका सयौं लेखक–कविहरुको उपस्थिति हुने जनाइएको छ । बेलायत नेपाल र जापानमा बसोवास गर्ने लेखक–कविलाई कार्यक्रममा निम्त्याउन प्रकाश पौडेलले संयोजनको भूमिका निभाएका छन् । 

 

१३ वर्षदेखि जापानमा व्यवसाय गरिरहेका प्रकाश पौडेल नेपाली हाइकुका विकासकर्ता एवंम् खोजकर्ता मानिन्छन् । उनी जापानी हाइनिज समूहमा प्रवेश पाउने पहिलो नेपाली कवी समेत हुन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । 

 

गैरआवासीय नेपाली संघको साहित्य फाँटका सदस्य समेत रहेका पौडेल अर्को संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रारम्भदेखि नै सक्रिय छन् । गएको महिना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बरिष्ठ उपाध्यक्षमा उनी निर्विरोध निर्वा्चित भएका थिए ।

 

अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाजमा विश्वभर छरिएर रहेको साहित्यिक संस्था हो ।


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 10 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 10 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 11 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।