एक करोडको सी माला लुट्न ६० वर्षीय व्यापारिको हत्या

 

घ के हो सी माला ?

सी माला एक जीवको अस्थिपञ्चरबाट बनाइने माला हो । पुरातत्त्व ऐनअनुसार सी मालाको कारोबार अवैध छ । बौद्ध धर्मावलम्बीमा यस्तो माला लगाएमा सधैँ राम्रो हुने र जे चाह्यो त्यही पुग्ने विश्वास छ । सोही कारण एउटै मालाको करोडौँमा कारोबार हुने गरेको छ । काठमाडौंको बौद्ध क्षेत्रमा अवैध रूपमा सी मालाको कारोबार हुँदै आएको छ । कारोबारमा तिब्बतीयन, भुटानी तथा भारतीयसमेत संलग्न छन् ।

 

चक्कुले घाँटी रेटेर हत्या

सी माला लुट्न बिहीबार साँझ चक्कुले घाँटी रेटेर बौद्ध टुसालका ६० वर्षीय थेपाङ शेर्पाको हत्या भएको छ । हत्यापछि उनले घाँटीमा लगाएको एक करोडभन्दा धेरै पर्ने सी माला लुटपाट भएको प्रहरीले जनाएको छ । सेफको सी माला र पैसा भने चोरिएको छैन । शंकास्पद केही व्यक्ति पक्राउ परेको हत्यामा संलग्नको पहिचान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरहरी रेग्मीले बताए ।

 

सी मालाले बढायो अपराध

डेरामा एक्लै रहेको वेला थेपाङको हत्या भएको हो । प्रहरीका अनुसार बिहीबार साँझ उनकी श्रीमती गुम्बामा गएका वेला हत्या भएको थियो । फर्किंदा श्रीमान्लाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । मृतक शेर्पा सी मालाको कारोबारमा संलग्न रहेको खुलेको छ । बौद्ध धर्मावलम्बीमा बहुमूल्य र पवित्र मानिने सी मालाको कारोबारले बौद्ध क्षेत्रमा अपराध बढाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सी मालालगायत प्राचीन बहुमूल्य पदार्थको बौद्धमा ठूलो मात्रामा अवैध कारोबार हुने गरेको छ । एउटै सी मालाको करोडौँमा कारोबार हुने भएकाले लुटपाट र हत्याका घटना बढेका हुन् । अवैध कारोबार भएकाले कतिपय घटनाबारे प्रहरीकोमा खबर हुँदैन । तीन महिनामा पनि खुलेन निमादोर्जे हत्याको रहस्य सिन्धुपाल्चोक हेलम्बु घर घई बौद्धको तिनचुली बस्ने ८५ वर्षीय निमादोर्जे शेर्पाको २६ कात्तिकमा घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तिहारमा घरमा कोही नभएको अवस्थामा दोर्जेको हत्या भएको थियो । उनको पनि सी मालालगायतको सम्पत्ति लुट्न हत्या भएको अनुसन्धानमा खुलेको थियो । तर, हत्या गर्नेहरू पक्राउ परेका छैनन् ।

 

माला लुटेर भाग्दाभाग्दै पाँच पक्राउ

बौद्धमा २५ भदौमा पनि करोडौँको सी माला लुटपाट भएको थियो । लुटेर भाग्दाभाग्दै प्रहरीले मकवानपुरको भिमफेदीबाट पाँचजनालाई पक्राउ गरेको थियो । बौद्धस्तुपानजिकै छेर्तेन होटेलमा सी माला किन्न भन्दै भेट्न पुगेका उनीहरूले होटेलमा रहेका उपेन्द्र लामिछानेलाई हातखुट्टा बाँधेर करिब दुई करोड पर्ने सी माला लुटपाट गरेका थिए । लुटपाटमा संलग्न भुटानका डी दोर्जे लामा, छिरिङ लामा, भारतीय नागरिक आसित सैबो, नहिर अली र सरोज गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

शनिबारको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन्  । 



    Your Comment

    थप समाचार

    शेष घले भन्छन्, 'आर्थिक पारदर्शिताको सवालमा एनआरएन बेलायत नै पहिलो'

    • 3 minutes ago
    शेष घले भन्छन्, 'आर्थिक पारदर्शिताको सवालमा एनआरएन बेलायत नै पहिलो'

    'तपाईहरु हरेक कुरामा पहिला हुनुभएको छ', घलेले थपे, 'भूकम्प, बाढीपीडितलाई सहयोग गर्नेदेखि संस्थाको आर्थिक हिसाबकिताब पारदर्शी रुपमा वेभसाइटमै राख्ने तथा प्रविधिको उच्चतम

    एनआरएन यूकेको बुझबुझारथ कार्यक्रम सम्पन्न

    • 51 minutes ago
    एनआरएन यूकेको बुझबुझारथ कार्यक्रम सम्पन्न

    गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको नवनिर्वाचित र निवर्तमान कार्यसमितिबीचको बुझबुझारथ आइतबार सम्पन्न भयो । केन्द्रीय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा अल्डरसटमा सम

    वरिष्ठ साहित्यकारहरुसंग लण्डनमा साहित्य चौतारीको अन्तरक्रिया

    • 1 hour ago
    वरिष्ठ साहित्यकारहरुसंग लण्डनमा साहित्य चौतारीको अन्तरक्रिया

    कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपाने, बरिष्ठ कवि गोविन्द राज विनोदी तथा गजलकार रवि प्रान्जल तथा साहित्यकार घनेन्द्र न्यौपानेलाई सम्मान गर्दै साहित्यका विभिन्न विधामाथि छलफल गरिएको थि


    Loading...

    भिडियो

    hamropatro

    जीवनशैली

    सजिलो छैन जापानी युवतीसँग बिहे गर्न, यस्ता छन् कारणहरु

    सजिलो छैन जापानी युवतीसँग बिहे गर्न, यस्ता छन् कारणहरु

    एजेन्सी । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ