प्रधानन्यायधीशको 'मनोमानी'

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दालगायत कतिपय विषयमा प्रधानन्यायाधीश सुशीला कार्कीमा कार्यक्षमताको अभाव देखिनुका साथै उनले विधि, विधान र ऐन÷कानुनभन्दा आफ्नो स्वेच्छाचारिताका आधारमा फैसला गर्ने गरेको आरोप लगाउँदै महान्यायाधिवक्तासहित एक दर्जन वरिष्ठ अधिवक्ताले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आपत्ति व्यक्त गरेका छन् ।

 

महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको नेतृत्वमा पूर्वमहान्यायाधिवक्ताहरू सुशील पन्त, मुक्ति प्रधान, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बाबहादुर खातीलगायत दर्जन वरिष्ठ अधिवक्ताले सोमबार कांग्रेस सभापति देउवालाई भेटेर प्रधानन्यायाधीश कार्कीबारे आपत्ति प्रकट गरेका हुन् । सरकारले आईजीपी नियुक्त गरेका जयबहादुर चन्दलाई रोक्न परेका फरकफरक रिटमा पटकपटक सर्वोच्चकै कनिष्ठ र केही न्यायाधीशलाई मात्रै दोहोर्याई हेर्न दिएर प्रधानन्यायाधीशले विगतको परम्परा र सर्वमान्य न्यायसम्पादनको सिद्धान्तलाई तिरस्कार गरेको जानकारी उनीहरूले भेटमा गराएका थिए ।

 

‘हामीले कांग्रेस सभापतिलाई भेट गरेर प्रधानन्यायाधीशको कार्यशैलीका विषयमा जानकारी गराएका हौं’, वरिष्ठ अधिवक्ता पन्तले भने, ‘आईजीपी नियुक्तिका विषयमा परेको रिटमा कानुनविपरीत र परम्पराविपरीत प्रधानन्यायाधीशले बेन्च गठन गरेको विषयमा उहाँलाई महान्यायाधिवक्तासहित हामी सबैले अवगत गरायौं ।’

 

सोमबार बिहान ८ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका उनीहरूले संविधान जारी भएको डेढ वर्षसम्म पनि संवैधानिक अदालत गठन नगरेर प्रधानन्यायाशीधले संविधान पालना नगरेको अरोप लगाउँदै उनको कार्यक्षमतामा प्रश्न उठाएका थिए । ‘संवैधानिक संकटहरू आएका छन् । संविधान विषयमा सर्वोच्चमा छलफल गर्न अहिलेसम्म संवैधानिक अदालतसमेत गठन हुन सकेको छैन’, पन्तले भेटमा देउवालाई भने, ‘यो प्रधानन्यायाधीशको गम्भीर कार्यक्षमता अभाव हो ।’

 

प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा परेको रिट दर्ताको प्रशासनिक कमजोरीदेखि अन्तरिम आदेश दिँदा उल्लेख गरिएको आदेशको बेहोरा, अन्तरिम आदेश दिने न्यायाधीशलाई नै अन्तिम सुनुवाइमा समेत सहभागी गराएर पूर्ण इजलास गठन गरेकोलगायत न्याय सम्पादनमा पनि प्रधानन्यायाधीशले गल्ती गरेको जानकारी महान्यायाधिवक्ता श्रेष्ठले देउवालाई गराएका थिए ।

 

उनीहरूले आईजीपी नियुक्तिको विरोधमा परेको रिटमा प्रधानन्यायाधीशले ‘एउटा पक्षसँग मिलेर आदेश दिएको र कार्यपालिकाको अधिकार खोस्ने गरी अघि बढेको’ विषयमा पनि अभिव्यक्ति राखेका थिए । ‘अन्तरिम आदेश गर्ने न्यायाधीश अन्तिम सुनुवाइमा पनि बस्छ भने त्यहाँ स्वतन्त्र निर्णय हुन्छ भन्न सकिँदैन’, भेटमा सहभागी नेपाल बार एसोसिएसनका महासचिव खम्बाबहादुर खातीले भने, ‘प्रधानन्यायाधीशले न्याय सम्पादनमा स्वतन्त्र निर्णय नदिने गरी गतिविधि गरेकाले त्यस विषयमा सामान्य जानकारी गराएका हौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।



    Your Comment

    Related Post

    बैंकका कर्मचारीको मिलिमतोमा कर्जा प्रवाहमा मनोमानी

    • 10 months ago
    बैंकका कर्मचारीको मिलिमतोमा कर्जा प्रवाहमा मनोमानी

    काठमाडौं । बैंककै उपल्लो तहका कर्मचारीको मिलेमतोमा नक्कली कागजातका आधारमा कर्जा प्रवाह गरेर बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा  बैंकका कर्मचारी गरी सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    घरपट्टीको मनोमानी रोक्न माग

    • 9 months ago
    घरपट्टीको मनोमानी रोक्न माग

    काठमाडौँ । घर बहाल सरोकार महासङ्घ नेपालले घर बहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नु माग गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्र

    एनजीअाेलार्इ ठेगान लगाउन प्रहरी प्रयाेग गरिने

    • 3 months ago
    एनजीअाेलार्इ ठेगान लगाउन प्रहरी प्रयाेग गरिने

    काठमाण्डाै, माघ २१ । जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन् । 


    भिडियो


    Loading...
    hamropatro


    प्रेम र यौन

    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

    काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

    जीवनशैली

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    वृद्धहरुले धेरै औषधि प्रयोग गर्दा हुन्छ यस्तो असर

    एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

    विचित्र विश्व

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    यो हो विश्वकै सबैभन्दा ठुलो भान्छा

    एजेन्सी–विश्वको सबैभन्दा ठुलो भान्छा कहाँ रहेको छ ? सायद यसबारे कमै मानिसहरुले ध्यान दिने गर्छन् । तर भारतमा यस्ता धेरै ठुला भान्छाहरु रहेका छन् जसमा दिनहुँ लाखौ मानिसहरुले भोजन गर्ने गर्छन् ।