Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियम्यान्मारको जुन्टा प्रमुखका निकटस्थ अधिकारीलाई भ्रष्टाचार अभियोगमा जेल चलान

म्यान्मारको जुन्टा प्रमुखका निकटस्थ अधिकारीलाई भ्रष्टाचार अभियोगमा जेल चलान


एजेन्सी । म्यानमारका एक उच्च जनरलका निकट सहयोगीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२१ को ‘कू’पछि सत्ता कब्जा गरेयता सशस्त्र प्रतिरोधको सामना गरिरहेको सेनाले हालैका महिनामा गृहयुद्धका कारण पहिलेदेखि नै सङ्कटग्रस्त देशको अर्थतन्त्रलाई तहसनहस पारिरहेका बेला कैयौँ अधिकारीहरूलाई हिरासतमा लिएको छ ।

आर्थिक सङ्कटमा फसेको सैनिक शासन जुन्टाले उत्तरमा जातीय सशस्त्र समूहहरूको हालैको आक्रमणसँग पनि लडिरहेको छ जसले चीनसँगको महत्वपूर्ण सीमापार व्यापारलाई अवरुद्ध पारेको छ र उनीहरूले सत्ता सम्हालेदेखि जनरलहरूका लागि सबैभन्दा गम्भीर सैन्य चुनौती खडा गरेको छ ।

गत सेप्टेम्बरमा गरिएको फेरबदलमा सत्तारुढ राज्य प्रशासन परिषद्बाट पूर्वगृहमन्त्री सोए हटुटलाई हटाइएको थियो ।

म्यान्मारको सरकारी सञ्चारमाध्यम द ग्लोबल न्यू लाइट अफ म्यान्मारका अनुसार उहाँमाथि कानुनको सम्बन्धित दफाअन्तर्गत अभियोग लगाइएको छ र कोर्ट मार्सलले उहाँको मुद्दाको फैसला गर्दै उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सोए हटुटले मातहतका कर्मचारीलाई ‘आफ्नो ओहदा र अधिकारको अनुचित प्रयोग गरेर’ देशमा सञ्चालित कम्पनीलाई राहदानी जारी गर्न आदेश दिएको अखबारले उल्लेख गरेको छ ।

“उहाँले घुस लिएको र गृह मन्त्रालयको कर्मचारी कल्याण कोषका लागि वित्तीय नियम र विनियमसँग मेल नखाने उपक्रमहरूको सुपरिवेक्षण गर्न असफल भएको’ विज्ञप्तिमा उल्लेख छ । रास




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT