Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा उच्च अङ्कको गिरावट

शेयर बजारमा उच्च अङ्कको गिरावट


काठमाडौँ । शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै समाज लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार उच्च अङ्कले घटेको दिन आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

आज ८५ लाख ५४ हजार कित्ता शेयर तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको २५ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सन नेपालले झण्डै २४ प्रतिशत बोनस शेयर, एक दशमलव २५ प्रतिशत नगद लाभांश र २७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT