गृहमन्त्री निधिको चुनाव विथोल्ने धम्की

काठमाडाैं । ‘निर्वाचनका लागि आवश्यक न्युनतम सर्त भनेको राजनीतिक वातावरण हो । त्यो वातावरण सरकारले बनाउन सकेको छैन । विश्वासको वातावरण बनाउन सरकार असफल देखिएको छ ।’–आसन्न स्थानीय तहको निर्वाचन तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले सरकारप्रति असन्तुष्टि यसरी पोखे ।


आयोगले निर्वाचनको तयारी प्रभावकारी रुपमा अघि बढाएपनि सरकारले राजनीतिक वातावरण नबनाउँदा निर्वाचन गर्न अप्ठेरो पर्न सक्नेतर्फ उनले ध्यानाकर्षण गराएका थिए ।

 

निर्वाचनको माहोल बनाउन एमालेले चलाएको मेची महाकाली अभियानका क्रममा फागुन २४ गते सप्तरीको राजविराजमा भएको घटनापछि आयोग २ नम्बर प्रदेशमा नर्वाचनको बातावरण बन्न नसकेको निष्कर्शमा पुगेको देखिन्छ । पत्रकार सम्मेलनमा यादवले मधेसी मोर्चाको नाम नलिएपनि त्यही कुराको कसंकेत गरेका थिए । तर यस्ता कुराले सरकारलाई कुनै फरक पर्ने देखिएको छैन । सरकार आसन्न निर्वाचनका निम्ति गम्भीर र जिम्मेवार देखिएको छैन ।


भन्ने कुरा आयोगको असन्तुष्टिबाटै स्पष्ट हुन्छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दवावका कारण मात्र स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको सरकारले त्यसपछिका तयारीमा ध्यान दिएको छैन । भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्ती अझ खतरनाक देखिएका छन् ।

 

प्रधानमन्त्रीले वरियताक्रममा आफुलार्य कमल थापाभन्दा पछाडी पारेको भन्दै निधिले राजीनामा दिने धम्की दिएकार दिएको व्यक्त गरेको असन्तुष्टिभित्र गहिरो रहस्य लुकेको देखिन्छ । निधिले राजिनामाको धम्की दिएर दाहाललाई वर्तमान सरकार निर्माणका बेला दक्षिणसँग भएको भित्री सहमति स्मरण गराएको विश्लेषण गरिएको छ ।

 

भारत भ्रमणपछि निधिबाट आएको राजिनामाको धम्कीलाई आफ्नो सरोकार तत्काल सम्बोधन नगरे सरकार नै टालिदिने दक्षिणको सन्देशको रुपमा समेत अथ्र्याइएको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

सम्बन्धित समाचारः
उपप्रधानमन्त्री निधिको कुर्सीमा अर्का उपप्रधानमन्त्री थापा बसेपछि...



    Your Comment

    थप समाचार

    एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

    • 8 hours ago
    एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

    काठमाडौं, असार ९ । एनसेलसँगको सहकार्यमा हुवावे टेक्नोलोजिजले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजा

    मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

    • 9 hours ago
    मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

    काठमाडौँ, असार ९ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

    एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

    • 10 hours ago
    एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

    लण्डन । एनआरएन यूकेको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष योगकुमार फगामीले दाबी प्रस्तुत गरेका छन् ।


    Loading...

    भिडियो

    hamropatro


    जीवनशैली

    यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

    यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

    एजेन्सी–ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।