भारतले किन बढायाे नेपालीलाई पेन्सन ?

काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ ।

 

यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो । भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा करिब दुई गुणा बढी हुन आउँछ ।

 

सन् २०१६ र १७ मा नेपालको कुल रक्षा बजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको देखिन्छ । नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपैयाँ बढी भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकलाई छुट्ट्याएको हो ।

 

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन् । ४० अर्ब रुपैयाँ भारत सरकारले उनीहरुका लागि छुट्ट्याएको हो । अहिले भारतीय सेनामा ३२ हजार नेपाली सेवारत रहेको भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले जानकारी दिइन् । सेवारत ३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि यसवर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ । सेवारत भारतीय सैनिकको औसत तलब ३३ हजार भारतीय रुपैयाँ हुने गर्दछ ।

 

नेपालका लागि सुरक्षा चुनौती

 

नेपालको रक्षा बजेटभन्दा भूपू गोर्खा सैनिकको पेन्सन बजेट बढी हुँदा नेपालमा सुरक्षा चुनौती थपिने धारणा विज्ञको छ । यसले केन्द्रदेखी स्थानीय स्तरसम्म असर गर्ने बुझाई उनीहरुको छ ।

 

‘हाम्रो रक्षा बजेटले रक्षा मन्त्रालयदेखी ९६ हजार सेनासम्मलाई पुर्याउनुपर्छ । सेनाको हातहचियार गोला बारुद, जाहाज, हेलिकप्टर र तलब रक्षा बजेटभित्रै पर्दछ । यस्तो सम्पूर्ण खर्चभन्दा अर्को देशले पैदान गर्ने पेन्सन बजेट हुनु राम्रो होइन । यसले दरगामी असर गर्छ ’ नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले भने, ‘यसले हाम्रो राष्ट्रिय सेनालाई निरुत्साहित गर्छ ।’

 

सामाजिक रुपमा पनि यसले नृेपाली सेनाको मनोवल गिराउने काम गर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।



    Your Comment

    थप समाचार

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    • 5 minutes ago
    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।

    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    • 11 minutes ago
    “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल....”

    यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अ

    लागुऔषधसहित तीन जना पक्राउ

    • 19 minutes ago
    लागुऔषधसहित तीन जना पक्राउ

    राजविराज, फागुन ६ । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ ।


    Loading...

    भिडियो

    hamropatro

    प्रेम र यौन

    यसकारण कण्डम मन पराउँदैनन् युवतीहरु !

    यसकारण कण्डम मन पराउँदैनन् युवतीहरु !

    एजेन्सी । जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ ।

    जीवनशैली

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    दाँतको बीचमा खाली ठाउँ छ ? जान्नुहोस्, यसको अर्थ

    एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ ।