Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु

नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु


काठमाडौँ । नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।

यो खेल एक्सन स्पाेर्ट्स एचडी र डिसहोम गोमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाली क्रिकेट टिमले मलेसियाविरुद्ध खेल्दैछ । साविक विजेता नेपालले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

काठमाडौँ । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद

स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार आयोजित

Techie IT