नाकाबन्दिमा उपभोक्ता ठग्ने दुगडलाई कारबाही हुने

काठमाडौं । नाकाबन्दीको मौका छोपेर कालोबजारी र ठगीमा संलग्न व्यापारिक घराना केएल दुगडका सञ्चालकलाई कारबाही गर्न संसद्ले चासो देखाएको छ । व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुमा ठगी र कालोबजारी गर्ने जोसुकैमाथि कडा कारबाही गर्ने भन्दै त्यस्ता व्यापारिक प्रतिष्ठान र ठगीमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको हो ।

 

समितिले दुगड ग्रुपले विभिन्न बिक्री डिपोमार्फत नाकाबन्दीको मौका छोपेर खानेतेललगायतका दैनिक उपभोग्य वस्तु कालोबजारी गरेर ९ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी प्राप्त भएको जनाउँदै संलग्नलाई कारबाही गर्ने बताएको हो । ‘दुगडलगायतका थुप्रै व्यापारिहरूबाट उपभोक्तालाई चरम ठगी गरेको उजुरी पाएका छौं, यस विषयमा उपसमितिमार्फत छानबिन गरी आवश्यक कारबाहीको सिफारिस गर्दै छांै,’ संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्देम्बेले भने । उनका अनुसार समितिले उपभोक्तामाथि हुने गरेको ठगी र कालोबजारीबारे छानबिनका लागि समितिले आपूर्ति र उपभोक्ता हित सम्बन्ध उपसमिति नै गठन गरेको छ । सो उपसमितिको संयोजक सुभाषचन्द्र शाह ठकुरी छन् । समितिले यसअघि पनि पेट्रोलियम पदार्थलगायतको ठगीमा संलग्नमाथि छानबिन गरी कारबाहीसँगै कानुनमा आवश्यक सुधार गर्न सरकारलाई सुझाव दिइसकेको छ ।

 

सभापतिका आङदम्बेका अनुसार उपसमितिले अहिले पनि मुलुकको अस्वाभाविक अवस्थाको फाइदा उठाएर उपभोक्तालाई ठगी गर्ने केएल दुगडसहित अन्य व्यापारिक प्रतिष्ठान र खाद्य स्टोरमाथि निगरानी गरिरहेको छ ।

 

‘हामीले यस्ता व्यापारीहरूबाट हुने गरेको ठगीबारे सरोकारवालासँग पटकपटक छलफल गरेका छौं, अब छिट्टै देखिने गरी कारबाही प्रक्रिया अघि बढाउँछौं,’ सभापति आङदेम्बेले भने ।

 

समितिमा पेट्रोलियम, विद्युत्सँगै खाद्यान्नमा ठगी गरेको विषयमा समेत उजुरीहरू परेका छन् । ‘कतिपय उजुरी दुगडसहित ठूला व्यापारिक र खाद्य उत्पादक कम्पनीविरुद्ध समेत परेका छन् । तिनमाथि छानबिन तीव्र बनाएका छौं । केही दिनमै देखिने तहमा काम हुन्छ,’ समितिले गठन गरेको आपूर्ति र उपभोक्ता हित सम्बन्ध उपसमितिका एक सदस्यले भने ।

 

ती सदस्यका अनुसार दुगड ग्रुपका सञ्चालकहरू किसनलाल दुगड, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका व्यापारीले नाकाबन्दीको बेला तेललगायतका उपभोग्य वस्तुमा बढी मूल्य लिएर ९ करोड रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी समितिमा परेको छ । उनीहरुले दुगड सञ्चालकहरु मिलाइ दिन भन्दै सांसदको घरमा धाउन थालेको सूचनासमेत पाएको बताएका छन ।

 

दुगड सञ्चालकविरुद्ध नाकाबन्दीका बेला दुई महिनामै बजार मूल्यभन्दा बढी रकममा विभिन्न ब्रान्डका खानेतेल बेचेर नौ करोडभन्दा बढी नाफा कमाएको अभियोग छ ।

 

नाकाबन्दीका बेला काठमाडौंलगायतका गोदाम र बिक्री केन्द्रबाट प्रचलित बजारमूल्यभन्दा प्रतिलिटरमै १ सय १९ प्रतिशतसम्म बढी रकम असुली तेल बिक्री गरेर ठगी गरेको अत्यावश्यक वस्तु नाफाखोरीका लागि लुकाएको लगायतका प्रमाणसहित प्रहरी र वाणिज्य विभागसमेतको टोलीले दुगड सञ्चालकविरुद्ध कानुनी कारबाहीसमेत अघि बढाइरहेको छ । अाजकाे राजधानी दैनिकमा समाचार छ ।



    Your Comment

    थप समाचार

    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    • 57 minutes ago
    दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

    सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    • 1 hour ago
    अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    • 2 hours ago
    २२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

    एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


    Loading...
    The British College

    भिडियो

    hamropatro

    प्रेम र यौन

    भियाग्राका गम्भिर असरहरु

    भियाग्राका गम्भिर असरहरु

    काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

    जीवनशैली

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

    एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

    विचित्र विश्व

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    २७ वर्ष काटेपछि बुढीकन्ये !

    एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।