स्वास्थ्य प्रतिवेदन: १% स्वास्थ्य संस्थामा मात्र निःशुल्क औषधि

  • मंगलबार, १८ माघ, २०७३
  • 1 month ago
  • Today Newspaper

काठमाण्डाै, माघ १८ ।  सरकारले हाल ७० प्रकारका निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । देशका नौ सय ८० स्वास्थ्य संस्थामा अनुगमन गर्दा १८ प्रकारका निःशुल्क औषधि एक प्रतिशत मात्रै रहेको पाइएको छ । नेपाल सरकार र विभिन्न दातृनिकायको सहभागितामा दुई वर्ष लगाएर गरेको अध्ययन–अनुसन्धानले देशभरिका ९९ प्रतिशत स्वास्थ्य संस्थामा १८ प्रकारका निःशुल्क औषधि नपाएको देखिएको हो । नेपाल सरकारले विभिन्न दाताको सहयोगमा पहिलोपटक स्वास्थ्य संस्थाको अध्ययन–अनुगमन गरेको थियो ।

अत्यधिक मात्रामा आवश्यक पर्ने १८ प्रकारका औषधिमा केन्द्रित भएर अनुसन्धान गरिएको तथ्यांक विभागका निर्देशक मुक्तिराम खनालले जानकारी दिए । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले हेल्थ पोस्टमा ३८ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ वटा र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क दिने भनेर घोषणा गरेका थिए ।

मन्त्रालयले सोमबार स्वास्थ्य संस्था सर्वेक्षण २०१५ मा गरेको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र थप जटिल र चुनौतीको घेरामा रहेको जनाएको छ । अनुगमन गरिएका नौ सय ८० स्वास्थ्य संस्थामध्ये अधिकांशमा कुनै न कुनै निःशुल्क औषधिको अभाव रहेको देखिएको छ । ‘पूर्ण रूपमा एक प्रतिशत मात्रै स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइयो । यो स्वास्थ्य क्षेत्रको अति नै दयनीय अवस्था हो । यसले सबैलाई चुनौती थपेको छ,’ खनालले भने । सरकारले बाल स्वास्थ्य, परिवार नियोजन, मातृ स्वास्थ्यः प्रसूति तथा नवजात शिशु स्याहार, एचआइभी एड्स, औलो, नसर्ने रोगहरू, क्षयरोगबारे अध्ययन–अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । संक्रमण भएको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने सबै व्यवस्था भएका स्वास्थ्य संस्थाहरूको समेत अभाव देखिएको निर्देशक खनालले बताए । ‘अध्ययन–अनुगमन गरेका स्वास्थ्य संस्थामध्ये सबै उपकरण भएका संस्था एक प्रतिशत मात्रै देखियो,’ उनले भने ।

 


Loading...

Your Comment


भिडियो


Related Post

स्वास्थ्य संस्थामा औषधि नहुँदा विरामी मर्कामा

  • 3 months ago
स्वास्थ्य संस्थामा औषधि नहुँदा विरामी मर्कामा

कञ्चनपुर । औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।

स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

  • 5 months ago
स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् ।

५१ जिल्लाले किने औषधि

  • 4 months ago
५१ जिल्लाले किने औषधि

काठमाडौँ । बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् ।  

hamropatro

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।