प्रहरीको ढुकुटिमा मुख्यसचिवको मस्ती

काठमाडौं । सरकारले पूर्वप्रहरी महानिरिक्षक कुबेरसिंह रानाको अध्यक्षतामा कार्यदल बनाएर संघीयतामा प्रहरीको संरचना सम्बन्धमा अध्ययन गरेको थियो । कार्यदलले प्रतिवेदन दिएको पनि ५ महिना भइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरेर त्यसलाई कार्यन्वयनमा लैजान ३ महिनाअघि ३ महिनाअघि गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा अर्को कार्यदल गठन भयो । १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उक्त कार्यदल गठन गरिएको थियो ।

 

तर तीन महिनासम्म पनि प्रतिवेदन दिइएको छैन । बरु दुई साताअघि सोही कार्यदलका नाममा प्रहरीको पैसामा मुख्यसचिव तथा गृहका अधिकारीहरुको घुमघाम र मस्ती गरेर राज्यको ढुकुटिमा मोजमस्ती गरेका छन् ।

 

अमेरिका र क्यानडाको संघीय प्रहरीको अध्ययन गर्ने भन्दै अनावश्यक व्यक्तीहरु समेतले राज्यको ढुकुटीमा मस्ती गरेका हुन् ।

 

दुई साताअघि मुख्यचिव सोमलाल सुवेदी, गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, गृह मन्त्रालयका सहसचिव यादव कोइराला, निर्मला अधिकारी, न्ेपाल प्रहरीका डिआईजी गणेश केसी लगायतका अधिकारीहरु क्यानडा र अमेरिका भ्रमणमा निस्किएका हुन् ।

 

उनीहरुको भ्रमण खर्च सबै नेपाल प्रहरीलाई सरकारले दिएको बजेटबाट गरिएको हो । भ्रमणमा करिब ३० लाख रुपैयाँ खर्च भएको थियो ।

 

अध्ययनभन्दा पनि घुम्नकै लागि उक्त भैमण गरिएको गृह स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।



    Your Comment

    थप समाचार

    एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

    • 8 hours ago
    एनसेलसँग बण्डलिङ सहित हुवावे पी टेन प्लस बजारमा, १ जिबी डेटा १० महिनासम्म निःशुल्क

    काठमाडौं, असार ९ । एनसेलसँगको सहकार्यमा हुवावे टेक्नोलोजिजले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजा

    मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

    • 9 hours ago
    मलेसिया जाने कामदार सबैभन्दा समस्यामा, दोस्रोमा साउदी अरब

    काठमाडौँ, असार ९ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

    एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

    • 10 hours ago
    एनआरएन यूके अध्यक्षमा योगकुमार फगामीको दाबी

    लण्डन । एनआरएन यूकेको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष योगकुमार फगामीले दाबी प्रस्तुत गरेका छन् ।


    Loading...

    भिडियो

    hamropatro


    जीवनशैली

    यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

    यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

    एजेन्सी–ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।