Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप क्रिकेटः भारतद्वारा नेपाल १० विकेटले पराजित

एसिया कप क्रिकेटः भारतद्वारा नेपाल १० विकेटले पराजित


काठमाडौँ । एसिया कप क्रिकेटमा भारतले नेपाललाई १० विकेटले पराजित गर्न सफल भएको छ । यो हारसँगै समूह ‘ए’ मा रहेको नेपाल एसिया कपबाट बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपाल दोस्रो खेलमा भारतसँग पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।

भारत सुपर चारमा प्रवेश गरेको छ ।

श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारको खेल वर्षाका कारण २३ ओभरमा झारिएको थियो ।

डकवर्थ लेविस प्रणालीका आभारमा जितका लागि एक सय ४५ रनको लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा बिनाविकेटको क्षति एक सय ४७ रन बनायो ।

भारतको जितमा ओपनरद्वय कप्तान रोहित शर्मा र शुबमन गिलले सानदार अर्धशतकीय इनिङ्स खेले ।

रोहित शर्माले ७४ रन बनाए । उनले ५९ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए । शुबमनले ६७ रन बनाए । उनले ६२ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।

दुई घण्टा भन्दाबढी समय रोकिएपछि खेल २३ ओभरमा झारिएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४८.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT