Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपपछि इंग्ल्याण्डको टिममा ठुलो परिवर्तन, ९ खेलाडी आउट, बेन स्टोक्स पनि टिममा परेनन्

विश्वकपपछि इंग्ल्याण्डको टिममा ठुलो परिवर्तन, ९ खेलाडी आउट, बेन स्टोक्स पनि टिममा परेनन्


एजेन्सी । सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जितेको इङ्ल्यान्ड टोलीले भारतमा आफ्नो उपाधि रक्षा गर्ने अपेक्षा गरिएको थियो। तर जोस बटलरको कप्तानीमा रहेको यो टोली सेमिफाइनलसम्म पुग्न सकेन ।

यो टोली कुनै न कुनै रूपमा नौ खेलमा तीन खेल जितेर २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनोट हुन सफल भयो।

विश्वकपपछि इंग्ल्याण्डको टोलीमा ठूलो परिवर्तन देखिएको छ । इंग्ल्यान्डले वेस्ट इन्डिज भ्रमण गर्नुपर्नेछ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले यो भ्रमणका लागि एकदिवसीय र टी–२० टोलीको घोषणा गरेको छ, जसमा ठूलो परिवर्तन गरिएको छ ।

विश्वकपका लागि छनोट भएको टोलीका ९ खेलाडी एकदिवसीय टोलीबाट बाहिरिएका छन् ।

एकदिवसीय शृंखलाका लागि विश्वकप खेलिरहेको इंग्ल्यान्ड टोलीका ६ खेलाडी मात्रै राखिएका छन् । यी खेलाडीमध्ये क्याप्टेन बटलर, ह्यारी ब्रुक, साम कुरान, लियाम लिभिङ्स्टन, गुस इटिङ्सन, ब्रेडन कार्सलाई टिममा राखिएको छ । बाँकी खेलाडी बाहिरिएका छन् ।

ईसीबीले जारी गरेको विज्ञप्तिमा एकदिवसीय टोलीमा ६ खेलाडी राखिएको तर छनोट नभएका खेलाडीको बारेमा भने कुनै जानकारी नभएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT