भवन भट्टले किनिदिए आरजुलाई घर

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 2 months ago
  • Today Newspaper

काठमाडौं, कार्तिक २८ । कैलाली क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई धनगढीका मतदाताले टुरिस्ट उम्मेदवार भन्दै मत नदिने प्रतिक्रिया दिएपछि उनी उत्तरुवेहडीमा ३ करोड रुपियाँ बराबरको घर किन्न तयार भइन् ।

 

उनले ३ कट्ठा तीन धुर क्षेत्रफल जग्गामा बनेको घर खरिद गरे पनि त्यो घर आफू बस्नको लागि नभई मतदातालाई देखाउनको लागि मात्रै भएको स्पष्टै छ । जे भए पनि कांग्रेसकै कतिपय उम्मेदवारलाई चुनावमा खट्ने कार्यकर्तालाई चिउरा भिजाउन समेत नसकिरहेको बेला प्रधानमन्त्रीपत्नीले तीन करोडको घर किन्ने हिम्मत जुटाएकी छिन् ।

 

पति देउवा डडेलधुराबाट र पत्नी कैलालीबाट गरी दम्पत्ति नै प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार छन् । चुनावी खर्च जुटाउन देउवा दम्पपत्तिले केसम्म गरेका छन् भन्ने प्रमाण पनि धनगढीमा किनेको घरबाट नै स्पष्ट हुन्छ ।

 

वास्तवमा यो घर गैह्र आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष भवन भट्टले किनिदिएको कांग्रेस कार्यकर्ताबीच चर्चा छ । भट्टले काठमाडौं आउँदा सबैभन्दा पहिला आरजुलाई नै भेट्ने गरेको स्रोत बताउँछ ।

 

प्रधानमन्त्री देउवा र आरजुसँग राम्रो सम्बन्ध भएकै कारण उनले ठूला–ठूला आयोजना फुत्काउने गरेका छन् ।

 

पछिल्लोपल्ट भट्टले तामाकोशी तेस्रो जलविद्युत आयोजनाको लाइसेन्स टीबीआई होल्डिङ्सको नाममा हाता पारेका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।