मधेसी नेतालाई ‘सूर्यको भर'

  • आइतबार, ३ मंसिर, २०७४
  • 3 weeks ago
  • Today Newspaper

काठमाडौं, मंसिर २ । एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ। राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी एमालेको चुनाव चिह्न सूर्य लिएर मैदानमा उत्रिएका हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्र र पशुपतिदयाल मि श्रले यसपटकको चुनावमा मधेस आन्दोलनका सहयात्रीसँगै प्रतिस्पर्धा गर्नुलाई राजनीतिक अस्तित्वसँग जोडेर हेरिएको छ। उनीहरूले असोज १६ गते दुई बुँदे सम्झौता गरी एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

 

प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ बाट उम्मेदवार बनेका त्रिपाठीका साथै अन्य नेताको प्रतिस्पर्धा विगतका सहयात्रीसँगै छ। त्रिपाठी, नेपाल सद्भावना पार्टीवाट संसदीय निर्वाचनमा तीनपटक विजयी भएका थिए। संविधानसभा निर्वाचनमा भने तमलोपाबाट कांग्रेसका देवकरण कलवारलाई झिनो मतान्तरले पराजित गरेका थिए।

 

पूर्वमन्त्री त्रिपाठी यसपटक पनि पुरानै प्रतिद्वन्द्वी कांग्रेसका कलवारसँग प्रतिस्पर्धामा उत्रिएका छन्। भन्छन्, ‘मेरो प्रतिस्पर्धा यसपटक पनि कांग्रेसका उम्मेदवारसँगै हुन्छ।' लगभग दुई लाख आठ हजार मतदातालाई आकर्षित गर्न त्रिपाठी र कलवारले अहिले चुनावी अभियानलाई तीव्र बनाएका छन्। अन्य तीन नेताको प्रतिस्पर्धा भने विगतमा आन्दोलनमा सँगै रहेकासँग हुने देखिएको छ।

 

गुप्ता र मि श्रद्वयले प्रतिनिधिसभाका लागि नारायणी पश्चिमका तीन स्थानमा उम्मेदवारी दिएका छन्। एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धामा उत्रिए पनि छुट्टै प्रतिबद्धतासहित उनीहरू भोट मागिरहेका छन्। राष्ट्रिय जनता पार्टीमा अपमानपूर्ण व्यवहार भएकाले विद्रोह गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ। पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर बाँके, क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका पशुपति दयाल मि श्र दुई दशक लामो राजनीतिक यात्राको अग्निपरीक्षामा छन्।

 

घरदैलो अभियानमा व्यस्त मि श्र भन्छन्, ‘एमाले र माओवादीका साथीको पनि साथ छ। त्यसैले यो हामी सबैको प्रतिष्ठाको विषय बनेको छ।' तराई आन्दोलनमा एकै ठाउँ भएका संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँग उनको प्रतिस्पर्धा छ। पूर्वमन्त्री राईले पनि डिजिटल प्रचार अभियान सुरु गरेका छन्। उनले सामाजिक सञ्जाल र फेसबुकको भरपुर प्रयोग गरेका छन्।

 

मिश्र भन्छन्, ‘आन्दोलनमा एकै ठाउँ भइयो, चुनावमा प्रतिस्पर्धी छौं।' झन्डै ८२ हजार मतदाताको घरदैलोमा पुग्न नभ्याए पनि सांगठनिक र व्यक्तिगत भोट आउने कुरामा उनी आशावादी छन्। कांग्रेससँग चुनावी तालमेल गरेर उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद पनि बलिया प्रतिस्पर्धी मानिएका छन्। यस क्षेत्रबाट दोस्रो संविधानसभामा कांग्रेसका तत्कालीन सभापति कोइराला निर्वाचित भएका थिए।

 

कपिलवस्तु क्षेत्र नं. २ मा पूर्वकानुनमन्त्री बृजेशकुमार गुप्ता र कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा छ। संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट तीनपटक चुनाव जितेका उनी यसपटक वाम गठबन्धनबाट चुनावी मैदानमा छन्। उनी राजपाका पूर्वकेन्द्रीय महामन्त्री पनि हुन्।

 

त्यस्तै, कपिलवस्तु क्षेत्र नं. ३ मा राजपाका पूर्वकेन्द्रीय सदस्य ईश्वर दयाललाई समाजवादी फोरम परित्याग गरी कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक प्रताप शाह र फोरमबाट दुई पटक निर्वाचित शाहले टक्कर दिँदै छन्। राजपा परित्याग गरी संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेका मंगलप्रसाद गुप्ता पनि बलिया उम्मेदवार मानिएका छन्।

 

पूर्व भौतिक राज्यमन्त्री मि श्र भन्छन्, ‘पहिला कुम जोडेर तराई मधेस आन्दोलन गर्‍यौं। अब चुनावी मैदानमा प्रतिस्पर्धामा छौं। तर, मेरो जित निश्चित छ।' अहिले स्वतन्त्र पहिचानका साथ क्रियाशील भए पनि चुनावपछि कुन दलमा प्रवेश गर्ने÷नगर्ने भन्नेबारे निर्णय गर्ने स्वतन्त्र राजनीतिक समूहका नेताको भनाइ छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।