माथिल्लो तामाकोसीको सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

  • आइतबार, ३ मंसिर, २०७४
  • 3 weeks ago
  • Today Newspaper

काठमाडौं, मंसिर ३ ।  माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ आइतबार (आज) छेडिने (ब्रेक थ्रु) हुने भएको छ ।  आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनास्थलबाट शनिबार भन्नुभयो, आइतबार एक कार्यक्रमका साथ ब्रेक थ्रु गर्ने कामको तयारीमा जुटिरहेका छौँ ।  शनिबारसम्म सुरुङको सबै भाग खोलेर दुई मिटर मात्र बाँकी भाग छेड्न बाँकी राखिएको छ ।  आइतबार सबै सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर दुई मिटर सुरुङ छेड्ने कार्य सम्पन्न हुनेछ । 

 

 ४५६ मेगावाट उत्पादन क्षमताको आयोजनाको सुरुङको कुल लम्बाइ १८.२ किलोमिटर रहेको छ ।  जसमध्ये मुख्य सुरुङको लम्बाइ आठ किलोमिटर रहेको आयोजनाले जनाएको छ ।  सो आठ किलोमिटरमध्ये आइतबार एक कार्यक्रमका साथ शुभारम्भ गर्नका लागि दुई मिटर मात्र खन्न बाँकी राखिएको छ ।  

 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, सुरुङलाई ब्रेक थ्रु गर्ने कुरामा हामी निर्धारित समयमा हाल सफल भएका छौँ ।  सुरुङको ब्रेक थ्रुले आयोजनाका कामलाई निकै अगाडि बढाएको अनुभव भएको छ ।  सडकको ट्रयाक खोलेको जस्तो सुरुङको पनि ट्रयाक खोलेको हौँ यसमा फिनिसिङ गर्ने कामका लागि धेरै मेहनत र समय लाग्छ ।  

 

स्वदेशी लगानीबाट निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब ९२ प्रतिशत सम्पन्न भएको दाबी आयोजनाले गरेको छ ।  यद्यपि मसिनो उपकरण जडान तथा गुणस्तरीय कार्यका लागि धेरै समय लाग्ने खालका काम जस्तै मुख्य सुरुङ मार्गको फिनिसिङ, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल काम बाँकी भएकाले आयोजनाले व्यावसायिक उत्पादन दिन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।  

 

श्रेष्ठका अनुसार विद्युत् आयोजनाका लागि निकै समय लाग्ने र गुणस्तरीय काम अझै बाँकी रहेकाले अधिकांश ‘हेभी’  काम सम्पन्न भइसकेको भए पनि आयोजनाबाट व्यावसायिक उत्पादन लिन सन् २०१८ को डिसेम्बर महिनासम्म कुर्नैपर्ने हुन्छ ।  पाँच वर्ष १० महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यो आयोजनालाई गत दुई वर्षअघिको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले झण्डै अढाई वर्ष पछाडि धकेलिएको छ  ।  सिभिल कार्यतर्फ हेडवक्र्सका मुख्य संरचनामा विशेष गरी डाइभर्सन बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीको सिभिल कार्य अन्तिम चरणका पुगेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।  पावरहाउसतर्फका मुख्य कामहरू पनि करिब करिब सम्पन्न भइसकेका छन् ।  छवटा युनिटमध्ये चारवटा युनिटमा लगातार काम भइरहेको छ, प्रवक्ता डा. न्यौपानेले भन्नुभयो ।  

 

उहाँका अनुसार आयोजनाको ३० एमभीए क्षमताका ११ वटा सिङ्गल फेज पावर ट्रान्सफर्मरमध्ये आठवटा आयोजनास्थलसम्म ढुवानी गरी सकिएको छ ।  विद्युत् गृहको मुख्य उपकरणमध्ये जेनेरेटरका केही पार्टपुर्जा पनि आयोजनास्थलसम्म ढुवानी भइसकेका छन् । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ । 

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।