Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन

मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन


काठमाडौँ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (बुधबार) सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।

काठमाडौंमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT