Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचन्द्रयान–३ को सफलतापछि यसबारे फिल्म निर्माण गर्न भारतीय फिल्मकर्मीको हानथाप

चन्द्रयान–३ को सफलतापछि यसबारे फिल्म निर्माण गर्न भारतीय फिल्मकर्मीको हानथाप


एजेन्सी । भारतको ‘चन्द्रयान ३’ मिशनको सफलतापछि अहिले फिल्म इन्डस्ट्रीमा फरक प्रतिस्पर्धा छ । यो ऐतिहासिक मिसनको सफलताको कथामा फिल्म बनाउन कैयौं चलचित्रकर्मीहरु मैदानमा उत्रिएका छन् ।

कतिपय निर्माताले भने आफ्नो फिल्मको नाम दर्ता गराउन थालिसकेका छन् । यसैबीच मिशन मंगलका निर्देशक जगन शक्तिले ‘चन्द्रयान ३’ मा फिल्म बनाउने घोषणा गरेका छन् ।

अक्षय कुमार अभिनित फिल्म ‘मिशन मंगल’का निर्देशक जगन शक्तिले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आफू ‘मिशन मंगल’को टोलीसँग मिलेर ‘चन्द्रयान ३’ मा फिल्म बनाउने बताए ।

यद्यपि, अक्षय कुमार यस फिल्मको हिस्सा बन्ने वा नरहने भन्ने टुंगो भने भइसकेको छैन । मिशन मंगलका निर्देशकले यो अवसर नगुमाउने बताउँदै भने, ‘अहिले फिल्मको कथाबारे सोचिरहेको छु । कथामा निर्णय गर्नु अघि मेरी दिदीबाट इनपुटहरू लिनेछु । उनी इसरोका वरिष्ठ वैज्ञानिक हुन् ।’,

जगन शक्ति मात्र होइन अन्य धेरै फिल्म निर्माता र प्रोडक्सन हाउस पनि चन्द्रयान–३ मिशनमा फिल्म बनाउने दौडमा छन् । मिडिया रिपोर्टका अनुसार निर्माता र निर्माण घरहरूले फिल्मको नाम दर्ता गर्न इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसन (IMPAPA), प्रोड्युसर्स गिल्ड अफ इन्डिया र इन्डियन फिल्म एन्ड टेलिभिजन प्रोड्युसर काउन्सिल (IFTPC) को मुम्बई कार्यालयमा आवेदन दिएका छन् । तर, यीमध्ये केही निर्माताले मात्रै यसमा फिल्म बनाउन पाउनेछन् ।

मिडियालाई दिएको अन्तर्वार्तामा IMPALAका एक अधिकारीले भने, ‘अर्को हप्ता हामी यी सबै आवेदनहरूको समीक्षा गर्नेछौं र त्यसपछि केही निर्माताहरूलाई फिल्म बनाउन अनुमति दिनेछौं, यो अनुमति हामीले वास्तविक पाएकाहरूलाई दिइनेछ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT