IIMS College

ISMT

HUB Education

मेस्सीलाई ग्रिजम्यानभन्दा नेयमार प्यारो

  • बुधबार, २२ जेष्ठ, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोनाले यस सिजन एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्ने चर्चा चलिरहँदा क्याम्प नउमा भने अर्कै चर्चा चलेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार लियोनल मेस्सी नेयमार नै बार्सिलोनामा फर्काउन चाहेका छन् । 

 

मेस्सीलाई गएको वर्ष एन्टोनियो ग्रिजम्यानलाई बार्सिलोनामा आउने सम्भावनाबारे सोधिएको थियो । जबाफमा उनले क्लबले उनलाई उत्साहपुर्वक स्वागत गर्ने बताएका थिए । तर, एक वर्ष नबित्दै उनले पुनः नेयमार क्लबमा आवश्यक रहेको बताएका छन् । 

 

कोपा डेल रे को फाइनलमा भ्यालेनसियासँग पराजित भएपछि सोधिएको प्रश्नमा उनले ग्रिजम्यानबारे केही नबोल्ने बताएका थिए । 

 

यस सिजन ग्रिजम्यान एट्लेटिको मड्रिड छोड्न चाहन्छन् । तर, उनले चाहेजस्तो क्लबमा जान पनि सकिरहेका छैनन् । उनलाई अनुबन्ध गर्न प्रशिक्षक भल्भरडेले प्रयास नगरेका पनि होइनन् तर, बोर्डमा उनीबारे फाइनल निर्णय हुन पाएन ।

 

फक्स स्पोर्टस अर्जेन्टिनालाई दिएको एक बयानमा उनले भनेका छन्,‘हाम्रो ह्वाट्स ग्रुप छ जहाँ म नेयमार र स्वारेज बोल्ने गर्छौ । उसले हामीलाई मिस गरिरहेको छ भने हामीले उसलाई मिस गरिरहेका छौँ । उ स्टार खेलाडी हो ।’

 

उनले क्लबले चाहेमा नेयमारलाई पुनः ल्याउन सक्ने सम्भावना बलियो रहेको बताएका छन् । 

 


थप समाचार

सार्क स्थापनाको ३५ औँ वर्ष : १९औँ शिखर सम्मेलन अन्योलमा

  • 6 minutes ago
सार्क स्थापनाको ३५ औँ वर्ष : १९औँ शिखर सम्मेलन अन्योलमा

भीष्मराज ओझा । काठमाडौं । दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न

जुनेलो खेती !

  • 15 minutes ago
जुनेलो खेती !

बनेपा । महाभारत गाउँपालिका–६ स्थित बनखु सल्लेनीका किसानले लगाएको जुनेलो खेती । पछिल्लो सयममा जुनेलोको खेती गर्ने क्रम घट्दै गइरहेको छ ।

लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

  • 23 minutes ago
लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार प्रदान गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।