IIMS College

ISMT

HUB Education

‘पिएसजीमा नेयमारको उपचार छैन, समस्या झन् बल्झिने'

  • बुधबार, १ साउन, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यो वर्ष पनि सर्वाधिक चर्चामा रहे ब्राजिलियन स्टार नेयमार । बार्सिलोनामा छदाँ लियोनल मेस्सीको ओझलमा परेको महसुस गरेका यी खेलाडीले अन्ततः बार्सिलोना छोड्ने निर्णय गरे । बार्सिलोनाले नेयमारको वाइ आउट क्लब २२२ मिलियन युरो राखेको थियो । फ्रेन्च क्लब पिएसजीले उक्त रकम तिर्न आफु तयार रहेको बताएपछि बार्सिलोना एकपटक झस्किएको थियो । 

 

तर, पिएसजीमा गएका उनले सोचेजस्तो माहौल भेटेनन् । उनी पिएसजीमा निसासिएको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । पिएजीमा अनुबन्ध भएपछि उनी विवादमा मुछिएको मुछिएै भए । कहिले विपक्षी फ्यानलाई मुक्का हानेको घटना त कहिले आफ्नै साथीसँग झगडा गरेको घटना । पछिल्लो समय बलात्कारको घटनामा मुछिएपछि उनको सर्वत्र आलोचना भइराखेको छ ।  

 

उनी बार्सिलोना फर्कने खबरले मिडियामा ठुलै चर्चा पायो । तर, बार्सिलोनाले एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गरेपछि भने नेयमारलाई हाँस्नु न रुनु भएको छ । मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोना फर्कने सम्भावना अब अति नै कम भइसकेको छ । बार्सिलोना फर्कने सपना देखेका उनलाई नमिठो झट्का लागेको छ । बार्सिलोना जाने भन्दै ठुलै सहमतिको खैलाबैला पनि बाहिर आएको थियो ।

 

तर, अन्तिम समयमा बार्सिलोनाले आफ्नो मुड परिवर्तन गरेपछि नेयमार भने घर न घाटको भएको बताइएको छ । उनले पिएसजीमा पनि सम्बन्ध बिगारी सकेका छन् । आफ्नो मर्यादा बिर्सिएको भन्दै क्लब मालिकले पनि उनको आलोचना गरेका थिए । क्लबको प्रतिष्ठामा आँच आउने कुरा क्लबलाई अमान्य हुने भन्दै उनले क्लब छोड्न चाहने खेलाडीलाई ढोका खुल्ला छ भन्ने अभिव्यक्ति दिएका थिए । 

 

उनको पछिल्लो टिप्पणीलाई आधार मान्ने हो भने पिएसजी आउनु उनलाई निल्नु न ओकल्नु भएको छ । बार्सिलोना समेत फर्कन चाहेको खबर बाहिर आइरहँदा उनी भने मौन रहेका थिए । बार्सिलोनाले उनीबारे केही पनि बोल्न रुचाएको थिएन । 

 

उनी आफ्नो निर्णयले बार्सिलोना छोडेका हुन्, बार्सिलोना छोडेपछि उनीसँग कुनै पनि संवाद नभएको बार्सिलोना प्रमुख बार्तेमोउले बताएका थिए ।

 

पिएसजी आएपछि च्याम्पियन्स लिगको उपाधि जित्ने सपना देखेका उनी अन्ततः हार मान्दै बार्सिलोना फर्कन लागेका थिए तर, एन्टोनियो ग्रिजम्यान बाधक बने । उता ब्राजिलका स्टार खेलाडी कोटिन्होको भविष्य भने अन्यौलमा परेको बताइएको छ । उनी पिएसजी जान सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । समिक्षकहरुले भनेका छन्,‘ईष्याले खेल्नु नेयमारको ठुलो गल्ती हो । आफ्नो क्षमता एक ठाउँमा छ र अरुको ईष्या गरेर क्लब छोड्नु ठुलो भुल उनीबाट भएको थियो ।


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 4 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।