निःसन्तान समस्याको उपचार यसरी

Education Park

गर्भनिरोधक साधनको प्रयोग नगरीकन दुई वर्षसम्म सँगै बस्दा पनि कुनै दम्पतीका सन्तान भएनन् भने त्यसलाई निः सन्तान समस्या भएको मानिन्छ । त्यस्तै, ३० देखि ३५ वर्ष उमेर माथिका दम्पतीमा चाहँदा चाहँदै पनि एक वर्षसम्म सन्तान नभएमा निःसन्तान हो भन्ने बुझ्नुपर्छ ।

 

नेपालमा निः सन्तानबारे त्यति धेरै अध्ययन भएको छैन । यद्यपि, नेपालका विभिन्न अस्पतालबाट प्राप्त तथ्याङ्कका आधारमा गरिएको अनुसन्धान अनुसार विवाहित जनसंख्या मध्ये कम्तीमा १५ प्रतिशतमा निः सन्तानको समस्या रहेको पाइएको छ । अन्य देशको तुलनामा यो संख्या उच्च हो । नेपालमा निः सन्तान दम्पतीको जनसंख्या उच्च हुनुमा यस्ता कारण छन्ः

 

– पुरुषको वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी हुनु, शुक्राणु उत्पादन नै नहुनु, भएपनि संक्रमण हुनु, शुक्राणुको बनावटमा कमी हुनु, र शुक्रनलीको अन्य भागमा कुनै अवरोध हुनु ।

 

– महिलाको अण्डाशयमा अण्डा विकसित नहुनु, स–साना डिम्ब नबन्नु, पाठेघरको नली बन्द हुनु, अण्डाशयमा पानी वा पिप जम्नु, पाठेघरको जिल्लीमा क्षयरोग, ट्युमर या अन्य रोगको संक्रमण देखिनु र गर्भशयको मुख सानो भई बच्चा उत्पादन हुन नसक्नु ।

 

– बढ्दो बैदेशिक रोजगारीसमेत पछिल्लो समय निः सन्तान समस्याको कारक बनेको छ । युवाहरु बढी समय विदेशमा विताउने, बढी उमेरमा विहे गर्ने भएकाले समेत दम्पतीमा असर गरिरहेको छ । 

 

– यसबाहेक क्षयरोग पनि निः सन्तानको मुख्य कारक मानिन्छ ।

 

चेकजाँच र उपचार

निः सन्तान समस्या भएका मध्ये करिब ८५ प्रतिशतको सामान्य चेकजाँच र उपचारबाट समस्याको समाधान गर्न सकिन्छ । यसमा रगत, विर्य, एक्सरे तथा प्रजनन अंग परीक्षण गरी समस्या समाधान गरिन्छ ।

 

बाँकी १५ प्रतिशतमा शल्यक्रिया र टेस्ट्युवब प्रविधिबाट सन्तान जन्माउन सकिन्छ ।

 

यदि यसबाट पनि सम्भव नभएमा सरोगेसी मार्फत सन्तान जन्माउन सकिन्छ । (सरोगेसी सिस्टम नेपालमा अबैधानिक मानिन्छ । तर, नेपाली नागरिकले नेपाली नागरिका लागि भने सरोगेसीबाट सन्तन जन्माउने अधिकार छ । यद्यपि, यो हालसम्म लागू गरिएको छैन ।) 

 

निः सन्तान दम्पतीले चेकजाँच गर्न जाने समय भनेको महिनावरी भएको ७ देखि १० दिनभित्र हो । यो अवधिमा चेकजाँच गर्दा कम समय लाग्ने हुँदा सजिलो हुन्छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

  • 4 hours ago
राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढाउन मन्त्री राईकाे जाेड

ललितपुर । शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता अझ बढ्नुपर्नेमा जोड दिएका छन् । मुस्लिम आयोगले आज जावलाखेलमा आयोजना गरेको ‘मुस्लिम समुदायको हकहि

चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

  • 4 hours ago
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा

इलाम । स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन

अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

  • 4 hours ago
अर्का कवि तथा पत्रकार संगीत स्राेता पनि पक्राउ, काठमाडाैँमा एकैदिन दुई कवि गिरफ्तार

काठमाडौँ । प्रहरीले कवि तथा पत्रकार संगीत स्रोतालाई पक्राउ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार कवि स्रोतालाई प्रहरीले पक्राउ गरेको हो । ठूलो संख्यामा आएक



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।