एनआईसी एशिया बैंकको अर्को बदमासी पर्दाफास

काठमाडौं । विशेषत मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको छ ।

 

बैंक यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् र आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । कसैलाई पैसाको खाँचो परेको खण्डमा बैंकबाट आवश्यक प्रक्रिया पुरा गरी ऋण लिन पनि सक्दछन् ।

 

आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनः राख्न पनि सक्दछन् । 

 

बैंक सम्बन्धी विषय यहाँ किन राखियो ? भन्नेबारे तपाईंले तल पढेपछि मात्र थाहा पाउनुहुनेछ । कुनै बैंक यस्ता पनि छन् आफ्नो कर्तुतहरु ढाकछोप रोक्न विज्ञापन दिएर फकाउने गर्छन् । जसमध्ये पर्छ एक नाम चलेको एनआईसी एसिया बैंक । जसले आफ्नो कर्तुत ढाकछोप गर्न मिडिया हाउसहरुलाई फकाउँदै आइरहेको स्रोत बताउँछ । 

 

केही समयअघि एनआईसी एशिया बैंकको स्वीफ्ट ह्याक भएर करोडौं रुपैयाँ तलमाथि हुन पुग्यो । यस्ता घटना बढ्दै गर्दा नेपालका बैंकको स्वीफ्ट प्रणाली कति सुरक्षित छ भन्ने चासो यतिबेला पनि सर्वत्र छ । त्यस्तै पछिल्लो समय एनआईसी एशिया बैंकको अर्को बदमासी पनि बाहिर आएको छ । ओरेण्टल सहकारीको लगानी रहेको धापासीस्थित २६ रोपनी जग्गामा एनआइसी एशिया बैंकले कब्जा गरेको बदमासी बाहिर आएको हो । 

 

यस्तो छ बदमासी ?

ओरेण्टल सहकारीका निक्षेप कर्ताहरुले सहकारीमा जम्मा गरेको निक्षेप रकम सुधिर बस्नेतले अपार्टमेन्ट निर्माणमा लगानी गरेका थिए । सो अपार्टमेन्ट निर्माणका लागि बस्नेतले धितो राखेको २६ रोपनीको अर्बौं पर्ने  जग्गामा एनआईसी एशिया बैंकले कौडीको भाउमा कब्जा गर्न खोजेको ओरेण्टल पिडितहरुले आरोप लगाएका छन् ।

 

धितो राखेको समयदेखि बैंकको ब्याज तिर्दै आएको पछिल्लो समयमा एक्कासी ७० प्रतिशत व्याजदर वृद्धि गरि हड्पने नियत राखी थोरैमात्र  ब्याज रकम तिर्न बाँकी हुँदा मात्रै पनि बैंकले उक्त जग्गा २३ करोडमा बैँकले आफ्नो नाममा लिएको छ ।

 

उक्त जग्गाको साँवा ब्याज रकम तिर्छु भनि बस्नेतले पटक–पटक आग्रह गर्दा पनि बैंकले रकम बुझ्न नमानी सो जग्गा हड्पन खोजेको कारणले सहकारी तथा हाउजिङ्ग पिडितहरु अरु थप पिडित बन्न पुगेका छन् । 

 

पहिले धितो राख्दा खाली जग्गा मात्रै भएपनि अहिले धेरै पूर्वाधार ठूला– ठूला विल्डिङहरु निर्माण भैसकेको र अब उक्त जग्गालाई अर्बौं पर्छ । तर उक्त जग्गाको पुन मुल्यांकन नगरी कौडीको भाउमा हड्पन खोजेको पिडितहरुले आरोप लगाएका छन् । 

 

राष्ट्र बैंकले चिठ्ठी काट्दा समेत एनआईसी एशिया बैंकले उक्त निर्देशन नमान्नुमा राष्ट्र बैंकको पनि मिलोमतो भएको पिडितहरुले आशंका गरेका छन् । 

 

हाल सबै पिडितहरु मिलेर त्रिपक्षीय सम्झौता गरेको र एकपटक सबै पिडितहरु मिलेर सम्बन्धित निकाय धाउने तर यति प्रयास गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएमा सबै पिडितहरु मिलेर सडक संघर्षमा उत्रन बाध्य हुने सहकारी पिडित हकहित सँंरक्षण समितिकी अध्यक्ष कुन्ती  पोखरेलले जानकारी दिइन् । 

(थप ‘डकुमेन्ट’ चाहिएमा हामीसँग सुरक्षित छ ।)

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।