काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

फाइल फाेटाे

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ । 

 

निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना हुनुभएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ । 

 

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहनुभएका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए । 

 

नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिइ ।


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।