नाइजेरियामा हैजाले १७५ जनाको ज्यान लियो, १० हजार प्रभावित

लागोस । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । 

 

अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । 

 

मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ । 

 

“शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भने । 

 

उनले एकैठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहुँदा समस्या भएको बताए । 

 

नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ । 

 


थप समाचार

समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

  • 8 minutes ago
समृद्धिकाे लागि साहस र धैर्यकाे खाँचाे : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसर

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

  • 9 minutes ago
एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

आगामी नेतृत्वको एक बलियो दाबेदार मानिएकी वर्तमान कार्यसमितिकी उपाध्यक्ष पुनम गुरुङले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

करेन्ट लागेर एक जनाको मृत्यु

  • 14 minutes ago
करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । बिजुलीको पोलमा काम गर्न जाँदा गोरखाको गण्डकी गाउँपालिका–३ मा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।