नाइजेरियाका पूर्व राष्ट्रपतिको निधन

अबुजा । नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए । 

 

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

 

सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा शागरीको सरकार विरुद्ध सत्ताविद्रोह गरेका थिए । राष्ट्रपति बुहारीले शासन सत्तामा नरहे पनि शागरीप्रति आम जनताले उच्च सम्मान व्यक्त गरेको बताएका छन् । 

 

शागरीको राष्ट्रपतित्वकालमा तेलको मूल्यमा सन् १९८० को प्रारम्भमै भारी गिरावट आएका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको थियो । साथै, अव्यवस्था चरम सीमामा पुगेको तथा राष्ट्रको ऋण बढेको थियो । 

 

मुलुकको आर्थिक परिस्थिति कमजोर भएपनि उनको दलले सन् १९८३ को चुनावमा अभूतपूर्व विजय हासिल गरेको थियो । तर, विपक्षी दलहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका थिए । त्यही वर्षको डिसेम्बर ३१ मा बुहारीले शागरीको सरकार विरुद्ध सत्ता विद्रोह गरेका थिए । शागरीमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो । 

 

तर, भ्रष्टाचारको आरोपबाट मुक्त भएपनि उनी राजनीतिमा पुनः फर्किएन् । जीवनको उत्तराद्र्धमा उनले राजनीतिबाट सन्यास लिएका थिए ।


थप समाचार

एलोभेरा जुसका फाइदा

  • 21 minutes ago
एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

तौल कम हुनुको कारण

  • 1 hour ago
तौल कम हुनुको कारण

अधिकांश मानिसका लागि मोटोपन एउटा समस्या हो । तर कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुने गरेका छन् । अब जानौं, शरीरमा आवश्यक तौल नहुनुको कारणः

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

  • 1 hour ago
सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।