IIMS College

ISMT

HUB Education

जमना पनि कस्तो, जुत्ताको तुना पनि मोबाइल एपले कसिदिने !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पोर्टस् ब्राण्ड नाइकीले ‘इलेक्ट्रिोनिक्स सुज’ बजारमा ल्याएको छोटो समयमा नै लोकप्रिय भयो । यो जुत्तालाई सबैभन्दा एडभान्स जुत्ताको रुपमा लिइएको छ । ‘नाइकी एडप्ट बीबी’ जुत्ता अन्य जुत्ताभन्दा फरक छ । किनकी यसको जुत्ताको तुना कस्नको लागि निहुरिन पर्दैन । मोबाइल एपमाफर्त जुत्ताको तुना कति कस्ने र कति खुकुलो बनाउने भन्ने कुरा मोबाइल एपबाटै सम्भव छ । दायाँ वा बायाँ जुत्ताको तुना कस्नको लागि एपमा रहेको ‘आर’ वा ‘एल’लाई तलमाथि गरेर जुत्ताको तुना कस्न तथा खुकुलो बनाउन सकिन्छ भने एपमार्फत नै जुत्तामा बल्ने बत्ति पनि परिवर्तन गर्न सकिन्छ । त्यस्तै, जुत्ताको छेउमा भएको बटमबाट पनि तुना कस्ने तथा खुकुलो बनाउन सकिन्छ ।

 

यो जुत्तामा मोटर फिट गरिएको भए पनि निकै हल्का छ । जुत्ताको मोटर चार्ज गर्नको लागि एउटा चार्जिङ प्लेट दिइएको हुन्छ । उक्त प्लेटमा राखेर टाइप सी चार्जरको प्रयोग गरेर सहजै जुत्ता चार्ज गर्न सकिन्छ । त्यस्तै जुत्तामा रिजर्भ ब्याट्रि पनि राखिएको छ । यदी जुत्ताको ब्याट्रि सकिएको खण्डमा पनि रिजर्भ ब्याट्रि प्रयोग गरेर जुत्ता खोल्न सकिनेछ । 

 

 

नाइकीले यो जुत्ताको मूल्य ३५० डलर कायम राखेको थियो । तर, बजारमा आएको छोटो समयमा नै यो संस्करण जुत्ता सकिएको छ । ‘लिमिटेड एडिसन’को यो जुत्ता बजारमा पाउन गाह्रो छ । पाइहाल्यो भने पनि एक जोरको करिब १ लाख नेपाली रुपैयाँको हाराहारीमा पर्छ । 

 

पहिलो पटक बजारमा ल्याएको जुत्ताको विक्री ह्वात्तै बढेपछि नाइकीले ‘नाइकी एडप्ट बीबी २.०’ आउँदो फेब्रुअरी १६ मा सार्वजनिक गर्दैछ । यस संस्करणमा कम्पनीले जुत्तालाई अझै परिष्कृत गरेर बजारमा ल्याउने जनाइएको छ ।


थप समाचार

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 12 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 17 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा

अचम्मको माछा !

  • 21 minutes ago
अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय ए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।