निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • सोमबार, ६ फागुन, २०७५
  • 1 month ago
  • युके

तस्विरहरु : शिव भण्डारी

 

लण्डन । ७ महिनाभित्र ८ हजारभन्दा अग्ला विश्वका १४ हिमाल चढेर किर्तिमान रच्ने निर्मल पूर्जाको अभियानमा एनआरएन यूकेले पनि साथ दिएको छ । 

 

आइतबार अल्डरसटमा एक प्रेस मिट आयोजना गर्दै एनआरएन यूकेले विश्वमाझ नेपाल र नेपालीको प्रतिष्ठा उचो पार्ने लक्ष्यसहित अघि बढेका निर्मललाई सघाउन सबैलाई अपील समेत गरेको छ । 

 

सोहि कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ । 

 

 

७ महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालहरु आरोहण गरेर इतिहास रच्ने सुरमा निर्मल छन् । 'यसअघि धेरैले असम्भव ठानेर विश्वास नगरेको प्रोजेक्टलाई सम्भव बनाउने आत्मविश्वाससहित म अघि बढ्ने कोशिस गरिरहेको छु', प्रोजेक्ट पोसिबललाई सफल पार्ने आफ्नो अठोटमा सघाउन अपील गर्दै निर्मलले भने, 'यो प्रोजेक्ट मेरो व्यक्तिगत नभएर सिंगो गोर्खाली र नेपालीको हो । त्यसैले तपाईंहरु सबैबाट सक्दो साथ र हौसला पाउनेछु भन्ने  आशा राखेको छु ।'

 

निर्मलको १४ वटा अग्ला हिमाल आरोहणको अभियान ७ महिनाभित्र पूरा गर्ने उनको लक्ष्य छ । जसमध्ये पहिलो चरणमा ६, दोस्रो चरणमा ५ र अन्तिम चरणमा ३ हिमाल चढ्ने योजना उनले बनाएका छन । 

 

निर्मलको प्रोजेक्ट पोसिबल निकै खर्चिलो छ । उनको लक्ष्यअनुसार १४ हिमालको आरोहण पूरा गर्न उनलाई झण्डै ७ लाख ५० हजार पाउण्डको रकम आवश्यक पर्नेछ । तर आइतबारसम्म उनीसंग १ लाख ३१ हजार पाउण्ड मात्रै संकलन भएको थियो जुन रकम पहिलो चरणमा उनले ६ वटा हिमालको आरोहण पूरा गर्न आवश्यक पर्ने रकमको  आधा भन्दा पनि थोरै रकम हो । 

 

आफनो अभियानमा १० लाख पाउण्डको कोष जम्मा पार्ने र आरोहणको खर्चबाट बचेको रकम सेवाका क्रममा घाइते भूपू गोर्खा र नेपालका अनाथ बालबालिकाहरुको लागि सहयोग गर्ने निर्मलको योजना छ । 

 

बेलायती सेनामा डेढ दशक सेवा गरिसकेका निर्मलले आकर्षक तलब र पेन्सनको  समेत प्रवाह नगरी जागिरबाट अवकाश लिएर यतिबेला यहि किर्तिमानी आरोहणको तयारीमा जुटेका छन् । 

 

 

यसअघि नै निर्मलले  हिमाल आरोहणका कैयौं रेकर्डहरु बनाउन सफल छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उनी पहिलो गोर्खा हुन् । उनले सबेभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरेको किर्तिमान पनि राखेका छन् । ५ दिनमै ८ हजार मिटरभन्दा अग्ला सगरमाथा , मकालु र ल्होत्से हिमाल आरोहण गरेका निर्मलले १७ दिनमा दुई पटक सगरमाथा र एकएकपटक ल्होत्से र मकालु चढेर किर्तिमान बनाएका छन् । 

 

त्यसो त सन् २०१७ मा १३ जना गोर्खाहरुको एभरेष्ट एक्सिपिडसनको नेतृत्व पनि निर्मलले नै गरेका हुन् । सगरमाथा चढ्ने क्रममा मृत्युको मुखमा पुगेका एक अर्का आरोहीको उद्धार गरी बचाएपछि उनको साहस र बहादुरीको निकै चर्चा भएको थियो । निर्मलले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड समेत प्राप्त गरिसकेका छन् । 

पत्रकार सम्मेलनमा एक भिडियो प्रिजेन्टेसनमार्फत निर्मलले आफ्नो पृष्ठभुमि र विगतका अनुभवहरुसहित प्रोजेक्ट पोसिबलको बारेमा प्रस्टाएका थिए । 

 

त्यसअवसरमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले विश्वमाझ नेपाल र नेपालीको प्रतिष्ठा  उचो गर्ने निर्मलको अभियानमा सहयोगीका रुपमा जोडिन पाउंदा गौरवान्वित महसुस भएको बताए । सबै नेपालीहरुको साथ र सहयोग पाउन सके निर्मलको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै अध्यक्ष फगामीले उनलाई आर्थिक तथा नैतिक सहयोग गरिदिन सबैमा अपील गरे । 

 

 

एनआरएन आइसिसीका सदस्य रामशरण सिंखडाले निर्मलको अभियानमा आइसिसीको तर्फबाट समेत ऐक्यबद्धता जनाउंदै सक्दो सहयोगको प्रतिबद्धता गरे । 

 

निर्मलको अभियानको सहयोगार्थ एनआरएन यूकेले गठन गरेको सहयोग समितिका संयोजक तथा एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले निर्मलको पृष्ठभुमि र उनको साहसिलो विगतको चर्चा गरेका थिए ।  नेपाली र गोर्खालीको नाम चम्काउने निर्मलको अभियान सफल बन्ने विश्वाससहित क्षेत्रीले उनको सहयोगका लागि हात अघि बढाउन सबैलाई आग्रह गरे । 

 

 

त्यसअवसरमा मगर संघ यूकेका अध्यक्ष नेम थापा मगर, रिटायर्ड ले. कर्नेल यमबहादुर राना, एनआरएन यूके उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, एनआरएन आइसिसी सदस्य कुमारी गुरुंग, ग्रेटर रशमेर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासे, एनआरएन आइसिसी सदस्य कुमारी गुरुङ, एनआरएन यूके सल्लाहकार कृष्ण तिमल्सेना, तमु धिं यूके उपाध्यक्ष हितकाजी गुरुङ, पूर्व मिस यूके नेपाल सिर्जना गुरुङ, युरोपियन च्याम्पियन किक बक्सर अदिप राना, युवा व्यवसायी किशोर राना लगायतले  निर्मलको किर्तिमानी अभियानलाई सफलताको शुभकामना दिएका थिए । 

 

कार्यक्रमका संचालक एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले निर्मलको अभियानलाई सम्पुर्ण नेपालीको रुपमा अघि बढाउनुपर्ने भन्दै एनआरएन यूकेको तर्mबाट सम्भव हुने सबै सहयोगको प्रतिबद्धता गरे । 

 

कार्यक्रमको अन्त्यमा मोना यूकेका पूर्व अध्यक्ष समेत रहेका निर्मलका दाजु कमल पुर्जाले उनको साहसबाट आफुहरु गौरवान्वित भएको सुनाउंदै उनको सहयोगको लागि परिवारका तर्फबाट सबैमा अपील गरेका थिए । 

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 2 hours ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।