Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतले पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गर्योे

भारतले पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गर्योे


एजेन्सी । भारतले पाकिस्तानमाथि सबैभन्दा ठूलो जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।

यसअघि सन् २००८ मा मिरपुर मैदानमा भारतले पाकिस्तानलाई १४० रनले पराजित गरेको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो ।

टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोजेका थिए । कोलम्बोको पिचमा बाबरको निर्णय उनको विरुद्धमा गयो । भारतका तर्फबाट रोहित शर्मा र शुभमन गिलले १२१ रनको ओपनिङ पार्टनरसिप गरे ।

दुवैले अर्धशतक पनि बनाए । यसपछि विराट कोहली र केएल राहुलले २ सय ३३ रनको साझेदारी गर्दै टोलीको स्कोर ३५६मा पुर्याएका थिए । विराट र राहुलले शतक बनाए ।

३५७ रनको ठूलो लक्ष्य पछ्याउन पुगेको पाकिस्तानले ४७ रनमा मात्रै ३ विकेट गुमाएको थियो । कप्तान बाबर र ओपनरले खास केही गर्न सकेनन् । इनिङ्सको १८औं ओभरमा बलिङ गर्न आएका कुलदीप यादवले बाँकी ब्याट्सम्यानलाई आफ्नो जालमा पारे । कुलदीपले मात्र २५ रन दिएर ५ विकेट लिए । पाकिस्तानले १२८ रन मात्र बनाउन सक्यो र खेल २२८ रनको कीर्तिमानी अन्तरले पराजित भयो ।

विराट कोहलीले ८४ बलमा शतक बनाएका थिए । उनले शाहिन अफ्रिदीको बलमा एकल लिएर आफ्नो एकदिवसीय करियरको ४७ औं शतक बनाए । तीनवटै ढाँचामा उनको यो ७७ औं शतक थियो, उनले टेष्टमा २९ र टी–२० मा एक शतक बनाएका छन् ।

कोहलीले इनिङ्सको ९८ औं रन लिने बित्तिकै आफ्नो एकदिवसीय करियरको १३ हजार रन पनि पूरा गरे । उनी भारतका लागि १३ हजार रन बनाउने दोस्रो भारतीय बने । उनीभन्दा सचिन तेन्दुलकरले मात्र बढी रन बनाउन सकेका छन् । एकदिवसीय क्रिकेटमा सचिनको नाममा १८ हजार ४२६ रन छ ।

केएल राहुलले शतक प्रहार गरे । उनले साढे दुई वर्षपछि एकदिवसीय क्रिकेटमा आफ्नो ब्याटबाट शतक बनाए । राहुलले अन्तिम पटक २६ मार्च २०२१ मा इङ्ल्यान्डविरुद्ध १०८ रनको इनिङ खेलेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT