निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति पाउँदैनः महानिरीक्षक खनाल

  • शुक्रबार, २२ भदौ, २०७५
  • 10 months ago
  • नेपाल
Education Park

भीमदत्तनगर ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । 

 

आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए । 

 

महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गरे । 

 

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उहाँले धारणा राखे । 

 

“अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक सङ्घसंस्थासित समन्वय गरेर अघि बढ्छौँ ।” प्रहरी महानिरीक्षक खनालले भने, “न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।” 

 

महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो ।

 

 बिहीबार साँझ भीमदत्तनगर आइपुगेका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर आएका छन् । 

 


थप समाचार

व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

  • 32 seconds ago
व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ ।

आज सुन र चाँदीको भाउ बढ्यो

  • 13 minutes ago
आज सुन र चाँदीको भाउ बढ्यो

काठमाडौँ । आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो ।

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

  • 18 minutes ago
कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।