निर्मला पन्तको हत्याबारे छानबिन समितिद्वारा प्रतिवेदन पेश
- मंगलबार, ९ असोज, २०७५
- 4 months ago
- राजनीति

काठमाडौँ । निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।
प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो ।
समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।
थप समाचार
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन
- 8 hours ago

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम
- 9 hours ago

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)
- 9 hours ago

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।