निर्मला बलात्कार हत्या प्रकरणमा पक्राउ परेका विष्ट ‘निर्दोष’

काठमाडौं । ‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।’

 

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे ।

 

महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् ।

 

‘खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।’ वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् ।

 

झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् ।

 

दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए ।

 

प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो ।’ सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए । आजको नागरिकबाट ।


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 31 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 1 hour ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।