समयमा अपराधी पत्ता लगाउन नसक्दा उग्र बन्दै कञ्चनपुरकाे अान्दाेलन

  • बिहीबार, ७ भदौ, २०७५
  • 4 weeks ago
  • नेपाल

कञ्चनपुर । प्रहरीले समयमै अपराधी पत्ता लगाउन नसक्दा निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गइरहेको छ ।

 

बलात्कार पश्चात् हत्या गरिएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पहिचान हुन नसक्दा कञ्चनपुरका स्थानीयले गरेको आन्दोलन उग्र बन्दै गएको हो ।

 

पन्तको हत्या भएको २५ दिनपछि प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड थप उग्र बन्दै गएको छ ।

 

स्थानीयले पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि कृष्णपुरसम्मको सडकका ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

 

१० वर्ष अघि आफ्नै भिनाजुको हत्या गरेर मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९, वागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

 

प्रदर्शन सुरु भएयता प्रहरीले ६४ राउण्ड अश्रुग्याँस प्रयोग गरेको छ भने सातजनालाई नियन्त्रणमा लिएको छ । बुधबारको प्रदर्शनमा आन्दोलनकारीहरू निर्मलाकी साथी रोशनी बमको घरमा केन्द्रित भएका थिए । 

 

बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै उनीहरुले बम घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेका थिए । हजारौँको संख्यामा बम निवास पुगेका प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई घण्टा समय लगाएको थियो ।

 

त्यस्तै आन्दोलनकारीको मागअनुसार गृह मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई तानेर बिक्रम चन्दलाई पठाएको छ । एसएसपी चन्दले बिहीबारदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् ।


थप समाचार

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

  • 11 minutes ago
प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।

अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

  • 21 minutes ago
अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेक

छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

  • 28 minutes ago
छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।