निर्मला पन्त प्रकरण : सिडीअाे, एसपी र डिएसपी सरूवा, पाँच सदस्यीय छानबिन समिति गठन

  • बिहीबार, ७ भदौ, २०७५
  • 1 month ago
  • नेपाल

काठमाडौँ । १३ वर्षीया किशोर निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर कञ्चनपुरमा तनाव बढ्दै जाँदा गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ), जिल्ला प्रहरी प्रमुख (एसपी) र डीएसपीलाई सरुवा गरेको छ ।

 

प्रहरीले तीन दिनअघि मानसिक सन्तुलन ठिक नभएका एक जना व्यक्तिलाईलाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको थियो । आक्रोशका बीच तनाव बढ्दै जाँदा मन्त्रालयले स्थानीयको मागबमोजिम नै तीनैजनालाई काठमाडौँ झिकाएको हो ।

 

गृह स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपीदिल्लीराज विष्टलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । त्यस्तै डीएसपी ज्ञानबहादुर सेठीलाई पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।

 

सिडिओ खड्का ठाउँमा कञ्चनमापुरमा तारानाथ अधिकारी र एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ । साथै घटनाबारे छानविन गर्नका लागि गृह मन्त्रालयले बिहीबार नै छानविन समिति समेत गठन गरेको छ ।

 

मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश ७ को प्रतिनिधिसमेत रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 5 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 5 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 5 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।