‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’

लगभग ३० वर्षे पत्रकारिता जीवनमा मैले हजारौ लेख लेखें तर आत्मकेन्द्रीत लेखक आधा दर्जन पनि छैनन् मेरा । आज यो लेख भने म आफूलाई केन्द्रमा राखेर लेख्ने जमर्को गर्दैछु । यसबाट मेरा पाठकहरुलाई खस्रो लाग्न सक्छ तर मैले सुरुदेखि नै निर्मला हत्याकाण्ड नियालिरहेको, यसबारेमा कलम चलाएको र निर्मलालाई न्यायका लागि अभियानकर्ताकै भूमिका गरेकोले पनि यो हत्याकाण्डका नखुलेका केही पाटा आत्मकेन्द्रीत भएर लेख्दा सजिलो हुन भएकोले यो दुस्साहस गरेको हुँ । आत्मकेन्द्रीत हुँदा सलल बग्ने अभिव्यक्तिले निर्मला हत्याकाण्डका केही गुप्त पाटा र पृष्ठभूमि बुझ्न उच्चस्तरीय छानविन समितिलाई समेत सहयोग पुग्ने मेरो बुझाई छ ।

 

मैले स्थानीय पत्रकारका रुपमा आफ्नो जीवनका करिब २० वर्ष महेन्द्रनगरमैं खर्चेको छु । पत्रकारले समाजका लागि काम गर्नुपर्छ भन्ने मूलमन्त्रमा मेरो समग्र करिअर आधारित छ । समाजलाई समनुन्नत बनाउन पारदर्शीता, सुशासन र सुरक्षित समाज आवश्यक शर्त हुन् भन्ने मेरो बुझाई हो । पत्रकार न कसैको माइक्रोफोन हो, न ऐना बोकेर फगत प्रतिछाँया देखाउने मजदूर हो, बरु पत्रकार समुन्नत समाज निर्माणका लागि आवश्यक सुशासन र पारदर्शीतालाई सुनिश्चित बनाउने अभियानको एक्टिभिस्ट हो भन्ने दर्शनबाट म क्रियाशील रहेको छु । पत्रकारमा शिक्षा, ज्ञान, विवेकलगायतका अत्यावश्यक तत्व त चाहिन्छ नै निर्भिकता र घटनाको निरपेक्ष विश्लेषणको क्षमता पनि आवश्यक हुन्छ भन्ने मेरो ठहर छ ।

 

निर्मला हत्याकाण्ड कञ्चनपुर प्रहरीको बदनियतको पहिलो उदाहरण होइन । इतिहासमा कञ्चनपुर प्रहरीका अधिकारीहरुले बदनियतपूर्ण काम गर्दा सयौं अपराधीले उन्मुक्ति पाएका छन् । कञ्चनपुर प्रहरीको प्रमुख भएर आएपछि एसपी डिल्लीराज विष्टको करिब नौ महिनाको कार्यकालमा पनि हत्याकै अरु दुई घटनामा प्रहरीले न्यायको हत्या गरेको साक्षी हुँ म । निर्मला हत्याकाण्डको पृष्ठभूमिमा एसपी विष्टको नेतृत्वमा जेजस्ता नाटक मञ्चन गरियो र मैले मेरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् ती मुद्दाहरुको उठान गर्दासमेत समाज प्रतिक्रियाविहिन भएको देखेर प्रहरीले निर्मला हत्याकाण्डलाई पनि सामसुम पारिदिने दुस्साहस गरेको मेरो बुझाई छ । ती दुई हत्याकाण्डमा समाजले हलुका आवाजले पनि विरोध गरिदिएको भए निर्मला हत्याकाण्ड दबाउन एसपी विष्ट र उनको टीमलाई दुस्साहस प्राप्त हुने थिएन ।

 

एसपी विष्ट र मेरो सम्बन्ध

२०६२/०६३ सालमा राजा ज्ञानेन्द्रको शासनकालमा म थुनंदा एसपी विष्ट कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक थिए । दिउँसो घाम ताप्न मलाई बाहिर राख्ने गरिन्थ्यो । त्यही घाम तपाईको क्रममा मेरो उनीसँग परिचय भएको हो । तर, भारतमा म पढेको कलेजबाट नै उनले पढेको सुनको हुँ । सायद उनी मभन्दा दुई–तीन ब्याच सिनियर थिए ।

 

राजा ज्ञानेन्द्रविरुद्धको आन्दोलन सफल भएपछि उनीसँग मेरो कहिल्यै भेट भएन । उनी कञ्चनपुरको प्रहरी प्रमुख भएर आएपछि एकदुई पटक फोनमा कुरा भयो तर केही सार्वजनिक कार्यक्रममा बाहेक उनीसँग मेरो भेटघाट भएन । मेरो स्वभावअनुसार मैले यी नौ महिनामा उनीसँग बसेर चियासमेत पिएको छैन । उनी मलाई साथी हो भन्दा रहेछन्, त्यसमा मेरो कुनै आपत्ति रहेन । उनले जिल्लाको सुरक्षा व्यवस्था हातमा लिएपछि भने क्रमशः उनीसँग मेरो मतभेद बढ्दै गयो । कुनै पनि जिम्मेवार निकायले गैरजिम्मेवार काम गरे रिस उठने मेरो स्वभाव छ । विष्टको नेतृत्वमा कञ्चनपुर प्रहरीले सूचना अवरुद्ध गर्ने, घटना तोडमरोड गर्ने गरिरहेका थियो । हत्याकाण्डमा समेत तल्लो दर्जामा उत्रेर काम गर्न थालेपछि उनीसँग मेरो संघर्ष बढ्दै गयो ।

 

विशेष गरी असारको तेस्रो साता विद्युत लाइन विस्तार गर्ने क्रममा ठेकेदारको लापरवाहीले एक मजदूरको मृत्यु हुँदा र असारकै अन्तिम साता भीमदत्त नगरपालिका–११ भुजेलाका एक गरिब जोताहा किसान नैनराम सार्की मारिंदा प्रहरीले जसरी निर्लज्जता प्रदर्शन गरी दोषी उम्कायो त्यसपछि म एसपी विष्ट शतप्रतिशत गलत नियतका प्रहरी अधिकारी हुन् भन्ने निष्कर्षमा पुगें । ती दुई हत्याकाण्डमा मैले चलाएको कलम र उठाएको आवाजले पनि काम नगर्दा १५ दिन नबित्दै निर्मलाको बलात्कारपछि हत्या भयो । विद्युत ठेकेदारका मजदुर कञ्चनपुरको देखतभूली निवासी शिवराज राना र भुजेलाका नैनराम सार्कीको हत्याको अनुसन्धानका क्रममा फोनबाट मेरो एसपी विष्टसँग सम्पर्क भइरहन्थ्यो र मैले उनलाई न्यायपूर्ण तरिकाले काम गर्न अनुरोध गर्दथें । तर, उनले मीठा कुरा गर्दै ती दुई हत्याकाण्ड दबाएनन् मात्रै अभियुक्त करार गरी मुद्दा चलाउनुपर्ने व्यक्तिहरुलाई सहजै उन्मुक्ति दिलाए ।

 

निर्मला हत्याकाण्डको सन्दर्भमा पनि मेरो एसपीविष्टसँग सम्वाद कायम थियो । उनले गरिब, असहाय र निर्दोषलाई कसरी फासउन सक्छन् भन्ने कुराको मोटामोटी अनुमान मलाई भइसकेको थियो । त्यसैले मैले चक्रदेव वडूलाई फसाउन खोज्दा जोखिमै मोलेर चर्चामा ल्याएँ । चक्रदेव अत्यन्त निर्धन परिवारका पहुँच नभएका युवक हुन् । उनको आवाज दवाउन सजिलो हुन्छ भनेर नै उनलाई फसाउने प्रपञ्च गरिएको थियो । त्यसअघि नेगी थरका युवकलाई पनि प्रहरीले फसाउन खोजेको थियो तर सकेन ।

 

चक्रदेवलाई फसाउन नसकेपछि एसपी विष्ट अर्को निसहाय, पहुँच नभएको गरिब सिकार खोज्दैछन् भन्ने आशंका भइरहेकै बेला उनले दिलिप विष्टलाई वास्तविक अपराधी झैं प्रस्तुत गरे । यसपटक उनलाई दिलिपको आपराधिक पृष्ठभूमिले पनि साथ दिएको थियो । अर्कोतिर, संयोग नै भनुँ, दिलिप मेरो ससुरालीपट्टीका टाढाका नातेदार पनि हुन् । दिलिपलाई सार्वजनिक गरेपछि मैले टेक्स्ट म्यासेजबाट यस कुराको जानकारी दिंदै दिलिपको आफन्तका हैसियतले मैले उसको बयान सुन्न पाउने जिकिर गरें, उनले कुनै प्रतिक्रिया देखाएनन् । दिलिपको कोही छैन भन्ने ठानेका उनले जब म नै उसको सम्बन्धी भएको थाहा पाए त्यसपछि झस्केका केही कनिष्ट प्रहरी अधिकृतहरुले बताएका छन् ।

 

दिलिपलाई सार्वजनिक गर्नुभन्दा पहिले उनले मलाई आफ्नो पक्षमा पार्न धेरै प्रयास गरेका थिए । मेरो राम्रो सम्बन्ध रहेका केही व्यक्तिसँग पनि उनले हारगुहार गरेका थिए । स्थानीय वासिन्दा र मेरो छिमेकी टोलवासी भएकाले मैले आफ्ना दुईवटा फेसबुक स्टाटस डिलिज गर्दै सदाशयता देखाएँ । ती स्टाटस डिलिट गरेपछि मैले एसएमएसबाटै उनलाई अनुरोध गरें – म तपाईलाई सहयोग गर्न तयार छु, कृपया जनताको चाहना पूरा गर्नुहोला । सँगै मैले अर्को सल्लाह पनि दिएँ – तपाई स्थानीय वासिन्दा हो सरुवा माग्नु राम्रो हुनेछ, जनताले तपाईलाई मान्नेछन् । उनले ‘धन्यवाद म तपाईलाई पनि सहयोग गरुँला’ भनेर प्रतित्यूत्तर दिए । मलाई उनको यो सब व्यवहारले आश्चर्यचकित बनाएको थियो । उनी घटनालाई बंग्याउँदैछन् भन्ने मेरो आशंका विश्वासमा परिणत भइसकेको थियो ।

 

यसरी उत्साहित बने विष्ट

महेन्द्रनगरका स्थानीय वासिन्दा भएकाले एसपी विष्ट यहाँ बलियो सामाजिक धरातलमा उभिएका थिए । त्यसको फाइदा लिंदै उनले विभिन्न घटनामा अतिरञ्जित भूमिका गर्न थाले । हामीले थाहा नपाएका दर्जनौं घटना हुन सक्छन् । तर, शिवराज राना र नैनसिंह सार्कीको हत्याकाण्डमा निर्लज्जताको हद पार गर्न उनी सफल भए । त्यहाँबाटै उनले जे गरे पनि हुन्छ भन्ने ठाने । म र मेरा सञ्चारमाध्यमले न्वारानको बल लगाएर पनि शिवराज र नैनराम प्रकरण आफ्नो स्वार्थ अनुसार मोड्न र दबाउन सफल भएपछि एसपी विष्टले निर्मला हत्याकाण्ड पनि त्यसै गरी दबाउन सकिन्छ भन्ने ठानेकै हुन् । विभागमा नतानिंदासम्म उनमा त्यो दम्भ देखिन्थ्यो । साउन ६ गते जिल्ला प्रशासन कार्यालयको सर्वदलीय–सर्वपक्षीय बैठकमा उनको प्रस्तुति देखेर मलाई उनीप्रति दया पनि लागेको थियो ।

 

के हो शिवराज काण्ड ?

भीमदत्त नगरपालिका–३ तिलकपुरमा विद्युतलाइन विस्तार गर्ने ठेक्का लिएका ठेकेदारले वर्षभरि काम गरेनन् । असारको तेस्रो साता मात्रै काम सुरु भयो, बिल भुक्तानीका लागि । त्यो लाइन अर्को प्रसारण लाइनसँगै टाँसेर तान्नुपर्ने थियो । त्यो काम गर्न सटडाउन लिनैपर्ने थियो । तर, म्याद गुजार्न लागेको ठेकेदारका लागि प्राधिकरणले घण्टौं सटडाउन दिने कुरै भएन, ठेकेदारले पनि सटडाउन मागेनन् । असार १७ गते प्रसारण लाइनमा करेन्ट बगिरहेको थियो, पानी परिरहेको थियो, जमिन र गाडिने सबै पोल भिजेका थिए । जोखिमपूर्ण काममा लागेका मजदूरलाई सटडाउन नलिइएको भन्ने थाहा थिएन । पोल गाड्दा अचानक पोलले प्रसारण लाइन छोयो र पाँच मजदूर घाइते भए । तीमध्ये शिवराज रानाको घटनास्थलमैं मृत्यु भयो ।

 

ठेकेदारलाई हत्याको अभियोग बन्ने यो प्रकरणमा एसपी विष्ट र डिएसपी ज्ञानबहादुर सेठीले बलमिच्याई गरेर सामान्य दुर्घटनाको रुप दिए । बीमा रकममैं प्रहरीले पीडित प्रहरीलाई मनायो । मैले यसको चर्को विरोध गरें तर कसैले दवाव सिर्जना गर्न आवश्यक ठानेन । नागरिक समाजका नेता र अधिकारवादीहरुलाई त यो घटना सामसुम भइसक्दा पनि थाहा भएन ।

 

नैनराम काण्ड पनि रहस्यमयी

शिवराज काण्डमा प्रहरीले ठेकेदारलाई उन्मुक्ति दिएको एक साता नपुग्दै असार २६ गते भुजेलामा नैराम सार्कीको टाउको फुटेर गिदी बाहिर आएको शव फेला प¥यो । घटनास्थलमा कुनै किसिमको सवारी साधन गुडेको संकेत पनि थिएन तर शव पाइएको केही घण्टामैं प्रहरी प्रवक्ता डिएसी सेठीले ट्रिप्परले किचेर नैनरामको मृत्यु भएको घोष्णा गरे । आश्चर्यको कुरा त के भने सेठीले त्यस्तो दावी गर्दा न नैनरामको पोष्टमार्टम रिपोर्ट आएको थियो, न त अनुसन्धान टोली नै गठन गरिएको थियो ।

 

हत्यामा नैनरामले जोत्ने जग्गाका धनी टिका सार्कीको हात भएको नैनरामका आफन्तले दावी गर्दै किटानी जाहेरी दिने प्रयास गरे तर एसपी विष्टले अनेक बाहना गरी जाहेरी लिएनन् । टिका सार्की पाँच बिगाहा जमिनका मालिक हुन् र अविवाहित उनले नैनरामकी पत्निलाई तीन महिना भारतमा लगेर फर्केका थिए । भारतबाट फर्केपछि पनि नैनरामले आफ्नी पत्नि देख्न पाएनन्, लुकाएर राखियो । नाबालक छोराछोरीको विचल्ली हुने भएपछि नैनराम आफ्नी पत्निलाई फिर्ता लैजान टिकाको घर जाने गर्थे तर टिकाले उनलाई धम्क्याएर, धेरै पटक त कुटेर फर्काउने गरेका थिए । त्यो क्रम चलिरहँदा नैनराम मृत अवस्थामा फेला परेका थिए ।

 

नैनरामको प्रकरणमा एसपी विष्ट र डिएसपी सेठीले गरेको बलमिच्याई देखेर आश्चर्यचकित भएँ । दुर्भाग्य त के भने यस प्रकरणमा कथित दलित अधिकारवादीसमेत मौन रहे । लगातार समाचार, टिप्पणी, फेसबुक स्टाटसमार्फत् मैले नैनरामलाई न्यायका लागि हार गुहार गर्दा कसैले गम्भीरताका साथ लिएन । पछि प्रहरीले भुजेलाकै एक ट्रिप्पर चालकको टाउकोमा दोष थुपारेर प्रकरण रफादफा ग¥यो । नैनरामका आफन्त र उनका लागि बोल्नेहरुलाई प्रहरीले धम्क्याउँदा उनीहरुले केही समय महेन्द्रनगरबाट गायब रहनुपर्ने अवस्था आयो ।

 

निर्मला प्रकरण र एसपी विष्ट

निर्मला हत्याकाण्डमा एसपी विष्ट र उनको टिमले किन सर्वस्व गुमाउने शैलीमा अडान लिदैछ भन्ने जिज्ञासा बढ्दै जाँदा आन्दोलनको अवस्था बनेको हो । लामो समय प्रहरी सेवामा विताएका अनुभवी अधिकारीहरुले आन्दोलन चर्कदासमेत त्यो अडान छोडेनन् । यसबाट आफ्नो करिअर र सामाजिक प्रतिष्ठाभन्दा अर्को कुनै ठूलो कुरा जोगाउन एसपी विष्टले त्यो अडान लिएका भन्ने अनुमान गर्न कठिन छैन । निर्मला हत्याकाण्डबाट सबैभन्दा धेरै क्षति एसपी विष्टलाई भएको छ तर डिएसपी सेठी, सीआइबी डिएसपी अंगुर जीसी पनि किन उनको सती जान तयार देखिए भन्ने रहस्य अनुत्तरित छ ।

 

निर्मलाको हत्यापछि शव ठेगान लगाउन जुन तरिका प्रयोग गरिएको थियो, त्यसले हत्याकाण्डमा अपराध अनुसन्धान सम्बन्धी जानकार व्यक्ति संलग्न रहेको संकेत दिएको थियो । प्रमाणहरु नष्ट गर्नका लागि सुविचारित योजना कार्यान्वयन गरिएको थियो । सामान्य अपराधीले हतारमा योजनावद्ध तरिकाले काम गर्दैन भन्ने बुझाईका आधारमा निर्मलाको बलात्का र हत्यामा नभए पनि शव ठेगान लगाउने काममा अपराध अनुसन्धानमा पोख्त व्यक्तिको संलग्नता रहेको अनुमान गरिएको हो । निर्मला हत्याकाण्डमा एसपी विष्टको संलग्नता बारे एकिन भन्न सकिने कुरै होइन । तर, उनले लिएको अडान र देखाएको व्यवहारले उनी शंकाको घेरामा आएका हुन् ।

 

रोशनी र अनिता मात्रै होइनन् सूत्र

अनिता र रोशनी बमबाहेक निर्मला हत्याकाण्डमा अरु सूत्र पनि उपलब्ध छन् । सीआइबीका डिएसपी अंगुर जीसी, डिएसपी ज्ञानबहादुर सेठी, सीआइबी टिमका अन्य सदस्य, सीआइबीको सहयोगमा खटिएका स्थानीय प्रहरी अधिकृतहरु पनि अनुसन्धानका सूत्र हुन् । उनीहरुलाई हत्याबारे सब थाहा भइसकेको हुनुपर्छ किनभने एसपी विष्टको योजनामा उनीहरु चलेका हुन् । तर, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले एसपी विष्टबाहेक अरुलाई निलम्बन समेत गरेको छैन । यसबाट अनुसन्धान प्रक्रिया प्रभावित हुने मात्रै देखिंदैन वास्तविक हत्यारा नै चिन्हित हुन नसक्ने खतरा उत्पन्न भएको छ । एसपी विष्टसँगै जिल्ला प्रहरी कार्यालयका सबै अधिकृत र अनुसन्धानमा संलग्न सबै जुनियर अधिकृत तथा सीआइबीको सिंगो टोलीलाई थुनामा राखेर अनुसन्धान गर्नु जरुरी छ । अन्यथा उच्चस्तरीय छानविन समितिलाई पनि ‘हात लागी शून्य’ नहोला भन्न सकिन्न ।चक्रपथ


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 2 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 2 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 2 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।