निर्मलाका साथीहरुको प्रधानमन्त्री ओलीलाई भावविह्वल पत्रः हत्यारा कहिले पक्राउ पर्छन् ?

काठमाडौं । कञ्चनपुरको भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच हप्ता नाघेको छ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी पन्तका सहपाठीहरुले साथीको हत्यामा संलग्न पक्राउ नपरेकोबारे प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका छन् । 

 

शुक्रबार उनीहरुले हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ ? भनी प्रश्न गरेका छन् । निर्मलाका साथीहरु जानकी भट्ट, गीता जोशी, लक्ष्मी बडु र पूजा चन्द्राले पत्र लेखेर प्रधानमन्त्रीलाई हत्यारालाई कार्वाही गर्न माग गरेका हुन् ।  

 

उनीहरुले निर्मलाका दोषीहरुलाई एक महिना भन्दा बढी समय हुँदा समेत पक्राउ पर्न नसकेकोमा दुखेसो गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई सोधेका छन्,  ‘हाम्रा साथीका हत्यारालाई कहिले कार्वाही हुन्छ प्रधानमन्त्रीज्यू ?’

 

निर्मलाका साथीहरुले हत्यारालाई कार्वाही गरि निर्मलालाई न्याय दिलाउन माग गरेका छन् । उनीहरुले निर्मलाले मरेकै ठाउँमा पन न्याय पाओस भन्ने चाहना राखेका छन् । 

 

बलात्कारी र हत्यारालाई अहिलेसम्म कार्वाही भएको छैन । निर्मलाका हत्यारालाई कार्वाही गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन चर्कियो । एक जनाको मृत्यु भयो । एक जना अझै बेहोस् छन् । दर्जनौं घाइते भएका छन् । 

 

निर्मला काण्डकै कारण राजनीतिक उथलपुथल भयो । सरकारले विपक्षी दललाई अनावश्यक आन्दोलन चर्काएको आरोप लगायो भने विपक्षीले सर्वसाधारणलाई शान्ति सुरक्षा दिन नसकेको आरोप लगायो । 

 

हुन पनि अहिले बालिकाहरु मात्र होइन महिलामाथि नै सुरक्षा खतरा छ । साउन १० गते निर्मला बलात्कृत भइन् । सोही दिन उनको हत्या पनि भयो । त्यसपछि दर्जनौं बालिका, महिलाहरु बलात्कृत भइसकेका छन् ।

 

सुरक्षा दिन सरकार चुकेको छ । बलात्कारीलाई कार्वाही गर्न सरकार चुकेको छ । 

 

 

 

 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 5 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 5 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।