निर्मला पन्त प्रकरणका संदीग्ध दिदीबहिनी रिहा

प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेकाे दिलिपसिंह विष्ट पनि रिहा

  • मंगलबार, २६ भदौ, २०७५
  • 3 months ago
  • नेपाल

महेन्द्रनगर । निर्मला पन्त प्रकरणका संदीग्ध दिदीबहिनी बबिता बम र रोशनी बम रिहा भएका छन् । त्यस्तै प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई पनि रिहा गरिएको छ ।

 

निर्मला पन्तको बलात्कारपश्चात् हत्या भएको घटनामा शंकास्पद भूमिका देखिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको हो । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् । 

 

त्यस्तै मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका विष्टलाई सरकारी वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भनेर रिहा गरेको छ । 

 

विष्टलाई तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो ।


थप समाचार

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 8 minutes ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

शेयर बजारमा झिनो सुधार

  • 15 minutes ago
शेयर बजारमा झिनो सुधार

काठमाडौँ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

  • 17 minutes ago
मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।