निर्मला प्रकरणः आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

  • बिहीबार, ३० फागुन, २०७५
  • 4 months ago
  • नेपाल
Education Park

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच÷पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ । 

 

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ । त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि रु चार÷चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले जानकारी दिए । 

 

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई रु तीन लाख ५० हजार र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई रु तीन लाख तथा प्रहरी जवान चाँदनी साउदलाई रु २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिइएको छ । 

 

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए । 

 

“अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।” जिल्ला अदालतका डिठ्ठा बोगटीले भने, “फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।” उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताउनुभयो । साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । 


थप समाचार

नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

  • 9 minutes ago
नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रा लि बीच सुचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

शेयर बजार १५ अंकले बढ्यो

  • 12 minutes ago
शेयर बजार १५ अंकले बढ्यो

काठमाडौँ । आज शेयरबजार १५.८५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आज १६७ कम्पनीको शेयर कारोबार हुँदा बजार १२७४.८६ को विन्दुमा पुगेको छ । तर, आज कारोबार रकम बढे बढ्न सकेन । आज जम्म

'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ !'

  • 14 minutes ago
'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ  !'

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, केही वर्ष यता उनको खराब दिनहरु चलिरहेका छन् । उनले रियलमा चाहेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।