निर्मला पन्तका लागि न्याय माग्दै आफ्नै सरकारको विरुद्धमा नेकपाका विद्यार्थी संगठन

काठमाडौं । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले ठमेल–लैनचौर क्षेत्रमा जुलुस निकाल्यो । 

 

सैयौं युवा विद्यार्थी सहभागी भएको जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए ।

 

नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताइन् । उनले आधा आकाश ढाक्ने महिलाहरु असुरक्षित रहने मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति कसरी सम्भव छ भन्ने प्रश्न समेत गरेकी थिइन् । सरकारले अपराधीलाई पक्रन नसकेको हो वा पक्राउ गर्न नचाहेको हो नागरिक दुविधामा परेको उनको आरोप थियो ।

 

अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गर्न अनुरोध गरे । उनले बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले देशैभर आन्दोलन गर्ने चेतावानी पनि दए । सरकार निर्मलाले न्याय कहिले पाउँछिन भन्ने ब्यानरमा प्रर्दशन गरेका उनीहरुले हत्यारालाई फाँसी दे, महिला हिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।

 

दुई तिहाई बहुमत प्राप्त सरकारले बलत्कार तथा हत्या जस्तो गम्भिर अपराधमा संलग्नलाई महिनौंसम्म पक्राउ गर्न नसक्नुले नागरिकमा सरकार र न्याय प्रति नै अविश्वास पैदा भएको अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले बताए ।

 


थप समाचार

नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

  • 1 hour ago
नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिए पौड्याल

लण्डन । बेलायतमा कार्यरत एक नेपाली ईञ्जिनियर रामहरि पौडेलले नेपालको झण्डा बोकेर बर्लिन म्याराथन दौडिएका छन् ।

बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

  • 2 hours ago
बेक्सली नेपाली समाजको आध्यात्मिक अन्तरक्रिया

भारतका चर्चित आध्यात्मिक गुरु रवि शंकरले स्थापना गरेको 'आर्ट अफ लिभिङ' फाउण्डेसन नेपालका पूर्व महासचिव तुलसीप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरुलाई जीवनमा खुशी र आनन्दित कसरी बन्ने भन्ने विषयमा प्रव

एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • 5 hours ago
एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।