पेस्तोल काण्डमा सांसद निरुको सनसनीपूर्ण बयानः ‘पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन’

काठमाडौं । सांसद निरुदेवी पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसँग माग गरिन् । 

 

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतिलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

 

पेस्तोल देखाउँदैमा आफू नडराउने भन्दै उनले भनिन्, ‘निरुपाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले  सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले धम्कीनेवाला छैन  ।’

 

‘म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहुँदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे,’ उनले भनिन्, ‘मेरो त यो नाफाको जीन्दगी हो । मेरो अन्तिम सास रहनेबेलासम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन ।’

 


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 4 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 17 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 31 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।