IIMS College

ISMT

HUB Education

निर्भया काण्डका दुई दोषीले दायर गरेकाे याचिका अदालतद्वारा खारेज, मृत्युदण्डको सजायँ यथावत

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मृत्युदण्डको सजायँ सुनाइएका निर्भया बलात्कार काण्डका दुई दोषीले दायर गरेको संशोधन याचिका दिल्लीस्थित सुप्रिम कोर्टले खारेज गरिदिएको छ । अभियुक्तको याचिका खारेज भएसँगै उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजायँ यथावत हुने भएको छ  ।

 

सुप्रिम कोर्टका पाँच जना न्यायाधीशहरूको संयुक्त इजलासले अभियुक्त विनय शर्मा र मुकेशले गत बिहीबार अदालतमा संशोधन याचिका दायर गरेका थिए । दोषी प्रमाणीत भइसकेको दुई अभियुक्तले आफ्नो अन्तिम कानुनी अधिकारको उपयोग गर्दै अदालतमा क्यूरेटिव पिटीशन (संशोधन याचिका) दायर गरेका हुन् । 

 

क्युरेटिव पिटीशन खारेज गर्दै न्यायाधीश एनवी रमन, अरुण मिश्रा, आए.एफ नरीमन, आर. बानुमति र अशोक भूषणको संयुक्त इजलासले मृत्युदण्डको सजायँ यथावत रहने निर्णय दिएका हुन् ।

 

याचिका खारेजीपश्चात् अभियुक्तहरूसँग रहेको कानुनको अन्तिम ढोका पनि बन्द भएको छ । अब उनीहरूसँग राष्ट्रपतिको सामु याचिका दायर गर्ने अन्तिम विकल्प बाँकी छ । बलात्कार काण्डका दुई दोषी अक्षय र पवनले भने अदालतमा कुनै याचिका दायर गरेका थिएनन् ।

 

शर्मासहित चारजना अभियुक्तलाई गत मंगलबार दिल्लीस्थित पटियाला हाउस अदालतले मृत्यूदण्डको सजायँ सुनाएको थियो । अदालतको निर्णयअनुसार अभियुक्त चारैजनालाई जनवरी २२ मा मृत्युदण्ड दिने तय गरिएको छ ।

 

 

 


थप समाचार

अग्नि ‘सर’ अब सभामुख

  • 2 minutes ago
अग्नि ‘सर’ अब सभामुख

काठमाडौँ । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

  • 2 minutes ago
उपसभामुखको राजीनामा कुर्दै संसद सचिवालय, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामाको विषयमा छलफल सुरु भएको छ ।

नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

  • 4 minutes ago
नारामै सिमित ‘बिहेवारी, बीस वर्षपारि’

निरज गौतम नेपालगञ्ज । युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेत



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।