IIMS College

ISMT

HUB Education

अधिवेसनको तयारीमा नर्सिङ एशोसिएसन यूके, सदस्यता लिने डेडलाइन नोभेम्बर १०

शनिबार अधिवेसन तयारी बैठक

  • बुधबार, ७ कार्तिक, २०७५
  • 10 months ago
  • युके
फाइल फोटो ( सौजन्य : शिव भण्डारी )
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायतमा कार्यरत  नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एशोसिएसन यूके यतिबेला नयां नेतृत्व चयनको तयारीमा जुटिसकेको छ । 

 

आउंदो नोभेम्बर महिनाको २४ तारिखमा लण्डनमा हुने अधिवेसनले एशोसिएसनको छैठौं कार्यसमिति चयन गर्दैछ । 

 

छैठौं कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदान गर्नका लागि आउंदो नोभेम्बर १० तारिखसम्ममा नयां सदस्यता लिने तथा नविकरण गर्ने डेडलाइन तोकिएको छ । 

 

'नयां सदस्यता लिने तथा नविकरण गराउने सम्पुर्ण साथीहरुलाई नोभेम्बर १० भित्रै गर्नुहुन हामी आव्हान गर्दछौं ', एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले भनिन्, 'यो डेडलाइनभित्र नगर्नेहरुलाई यसपटकको निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर मिल्नेछैन ।'

 

नयां सदस्यता लिन तथा नविकरण गर्न २० पाउण्डको शुल्क लाग्नेछ । 

 

नयां कार्यसमितिमा रहेर काम गर्न चाहनेहरुले नोभेम्बर ११ देखि १८ सम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ । नोभेम्बर २१ सम्म उम्मेदवारी फिर्ता गर्ने म्याद  छ भने सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

 

यसअघि संस्थाकी संस्थापक अध्यक्ष अजिता सिंखडाको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । जसमा पूर्व अध्यक्षहरु बासु लामिछाने र सुशिला कार्कीसंगै सल्लाहकारद्धय मन सुनुवार र कमला पाण्डे सदस्य छन् ।

 

शनिबार अधिवेसन तयारी बैठक

 

यसैबीच संस्थाको छैठौं अधिवेसनको तयारीका बारेमा बृहत छलफल गर्न भन्दै यहि अक्टोबर २७ शनिबार एक बैठक आव्हान गरिएको छ । लण्डनको सडवरीस्थित हिमालयन क्लबमा बिहान साढे ११ मा सुरु हुने बैठकमा कार्यसमितिका साथै सल्लाहकारहरु समेतको सहभागितामा अधिवेसनको तयारीमा केन्द्रित रहेर छलफल गरिने अध्यक्ष प्रसुना कंडेलले बताइन् । 

 

आगामी कार्यसमितिमा बसेर काम गर्न ईच्छुक सदस्यहरुलाई पछिल्लो कार्यकालमा आफुले गरेका कार्यहरुको विवरण र भावी दिनका लागि योजना तथा अवधारणाहरुसहित उपस्थित हुन आग्रह गरिएको छ । 

 

बेलायतमा १० वर्षअघि स्थापना भएको यो एशोसिएसनले यस अवधिमा विभिन्न सेवामुलक कार्यक्रमहरु पनि सक्रियताका साथ सञ्चालन गरेको छ । 

 

बेलायतका विभिन्न क्षेत्र पुगेर नेपालीहरुमाझ निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्दै आएको एशोसिएसनले नेपालमा भुकम्पपछि तत्काल प्रभावित क्षेत्रमा टोली पठाएर सहयोग गरेको थियो । एशोसिएसनकै पहलमा अहिले जुम्लाको विकट गाउंमा एक मातृशिशु केन्द्र निर्माण भइरहेको छ । 

 

 

 

 


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 17 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 22 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।