जुम्लाको मातृशिशु केन्द्रलाई कोष जुटाउन शुक्रबार लण्डनमा हुंदै च्यारिटी कार्यक्रम

शैलेन्द्र सिंखडाको प्रस्तुति कार्यक्रमको विशेष आकर्षण

  • मंगलबार, ५ भदौ, २०७५
  • 1 month ago
  • युके

 

लण्डन । नेप्लिज नर्सिंग एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा यहि शुक्रबार अगस्ट २४ को सांझ लण्डनमा एक च्यारिटी कार्यक्रम गर्दैछ ।

 

जुम्लाको विकट गाउंमा एक मातृशिशु केन्द्र निर्माणको लागि सहयोग जुटाउने उद्धेश्यले गर्न लागिएको कार्यक्रममा नेपाली हास्यव्यंग जगतका एक लोकप्रिय तथा चर्चित कलाकार शैलेन्द्र सिंखडाले पनि विशेष प्रस्तुति गर्ने भएका छन् ।

 

च्यारिटीको लागि आयोजना हुने कार्यक्रम भएकाले सहयोगस्वरुप सिंखडाले प्रस्तुति गर्ने भएको एशोसिएसनले जनाएको छ । 

 

वेस्ट लण्डनको हउन्स्लोस्थित प्याराडाइज ब्यांकेटिंग हलमा सांझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ । त्यसअवसरमा संस्था स्थापनाको दशौं वार्षिकोत्सव मनाउनुका साथै बहु संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुित पनि गरिने बताइएको छ । कार्यक्रममा बेलायतस्थित भारतीय तथा पाकिस्तानी समुदायका नर्सहरुले पनि आ आफ्ना संस्कृति झल्काउने प्रस्तुतिहरु देखाउने कार्यक्रम छ । 

 

'यसपटकको हाम्रो कार्यक्रमलाई बहुसांस्कृतिक बनाउने हाम्रो योजना छ । नेपाली संस्कृति झल्काउने मौलिक प्रस्तुतिहरु त रहन्छन् नै । त्यसबाहेक फरक फरक समुदाय र संस्कृतिका प्रस्तुतिहरु पनि राख्दा यसले सांस्कृतिक विविधताभित्रको एकताको सन्देश दिन्छ भन्ने हामीले विश्वास लिएका छौं' , एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले भनिन् । 

 

कार्यक्रममा दशौं वार्षिकोत्सवको विशेष सेलिब्रेसनका साथै संस्थाले हरेक दुई वर्षमा प्रकाशन गर्दै आएको स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिने कार्यक्रम छ । नर्सहरुका विभिन्न लेख र रचनाका साथै रिसर्च आर्टिकलहरु समेत समावेश स्मारिका शिक्षाप्रद हुने विश्वास लिइएको छ । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा रोयल कलेज अफ नर्सिंगका भाइस प्रेसिडेन्ट प्रोफेसर रड थम्पसन, रोयल बरो अफ  केन्जिंगटन एण्ड चेल्सीका काउन्सिलर मोहम्मद बख्तियार , एनआरएन यूके अध्यक्ष योगकुमार फगामी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा सहभागी हुनेछन् । 

 

सहभागिताका लागि अपील

संस्थाको दशौं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको च्यारिटी कार्यक्रममा सहभागिताका लागि एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले बेलायतस्थित सम्पुर्ण नेपाली नर्सहरुलाई विशेष अपील गरेकी छन् । 

 

बेलायतमा क्रियाशिल नेपाली नर्सहरु मिलेर समुदाय , देश रआफ्नै सहकर्मीहरु समेतलाई सकेको सहयोग गरौं भनेर स्थापना भएको एशोसिएसन दशौं वर्षसम्म आइपुग्दाको खुशीयाली मनाउनको लागि पनि सबै नर्सहरुलाई कार्यक्रममा उपस्थित भइदिन उनले आव्हान गरेकी छन् । 

 

'यो संस्था आज यो अवस्थासम्म आइपुग्नको लागि पनि त्यत्तिकै सम्भव भएको होइन । हामी सबैको ठूलो मेहनत र समर्पण लगानी भएको छ',  अध्यक्ष कंडेलले भनिन्, 'यो खुशीयाली मनाउने क्षणमा बेलायतमा रहेका कुनै पनि नेपाली नर्सहरु नछुटुन् भनेर मैले सबैलाई सहभागी बन्न आग्रह गर्न चाहन्छु ।' 

 

कार्यक्रममा सहभागिता तथा सहयोगका लागि एशोसिएसनले बेलायतको नेपाली समुदायबाट पनि ठूलो अपेक्षा राखेको छ । एशोसिएसनले जुम्लाको विकट गाउंमा निर्माण सुरु गरेको मातृशिशु प्रोजेक्टलाई सहयोग गर्नकै लागि पनि कार्यक्रममा उपस्थित भइदिन एशोसिएसनले समुदायसमक्ष अपील गरेको छ । 

 

नेपालस्थित ’एक्सन वर्क्स नेपाल’संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य  मार्च महिनादेखि नै सुरु भइसकेको छ । ४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम गर्न लागेको हो ।  

 

अबको दुई वर्षभित्र मातृशिशु केन्द्र निर्माणको कार्य पूरा गर्ने,  सुरुका तीन वर्ष एशोसिएसनकै सहयोगमा केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ । 

 

जुम्लाको विकट गाउंमा पुगेर मातृशिशु केन्द्र बनाउने कार्यलाई हामीले एशोसिएसनको ड्रिम प्रोजेक्टका रुपमा लिएका छौं’, अध्यक्ष कंडेल भन्छिन्, ’हाम्रो यो प्रोजेक्टलाई सार्थक बनाउन बेलायतको नेपाली समुदाय र यहांका संघसंस्थाहरुबाट हामीले ठूलो सहयोग र हौसलाको अपेक्षा गरेका छौं ।’  

 

 

 


थप समाचार

निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

  • 22 seconds ago
निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मलेसियामा ४७ जना नेपाली पक्राउ

  • 3 minutes ago
मलेसियामा ४७ जना नेपाली पक्राउ

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना न

इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

  • 16 minutes ago
इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कपमा म्यान्चेस्टर सिटीद्वारा अक्सफोर्ड युनाइटेड पराजित भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।