IIMS College

ISMT

HUB Education

जुम्लामा बेलायतका नेपाली नर्सले बनाए मातृशिशु केन्द्र, सुरु भयो सेवा (फोटोफिचर)

  • मंगलबार, १४ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेप्लिज नर्सि एशोसिएसन (एनएनए) यूकेको सहयोगमा जुम्लाको विकट गाउँमा एक बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) निर्माणको कार्य पूरा भएको छ । 

 

सिंजा गाउँपालिका भादगाउँमा निर्मित २ कोठे भवनसहितको मितेरी मातृशिशु केन्द्रको बुधबार औपचारिक उद्घाटन हुंदैछ । केन्द्रले आफ्नो सेवा भने केहि साताअघि देखि सुरु गरिसकेको छ । 

 

'एक्सन वर्क्स नेपाल' संगको सहकार्यमा एनएनए यूकेले यो मातृशिशु केन्द्र स्थापना गरेको हो । निर्माण सुरुभएदेखिको पहिलो ५ वर्ष एनएनए यूके आफैले केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय प्रशासनलाई हस्तान्तरण गर्ने योजना छ । 

 

केन्द्रमा अहिले एनएनए यूकेकै व्यवस्थापनमा १ जना अनुभवी अनमी पुर्णकालीन रुपमा कार्यरत छन् । केन्द्रबाट प्रसुतीसम्बन्धी सम्पुर्ण सेवाहरुको साथै स्थानीय महिलाहरुलाई मातृशिशु स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गर्ने कार्य पनि हुनेछ । 

 

'गर्भवती महिलाहरुको लागि आवश्यक सम्पुर्ण चेकजाँचदेखि उनीहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनेसम्मको सेवा केन्द्रमा उपलब्ध हुनेछ', एनएनए यूकेका अध्यक्ष विनोदविकास सिम्खडाले भने, 'त्यसक्रममा कुनै जटिलता देखिए वा अप्रेसन गर्नुपर्ने अवस्था आए केन्द्रले समयमै उनीहरुलाई अन्य अस्पतालमा रिफर गर्नेछ ।' 

 

मातृशिशु केन्द्र निर्माण भएको क्षेत्र जुम्ला जिल्लाको अति विकटमध्येको एक हो । जहाँबाट सदरमुकाम खलंगा आउनको लागि पैदल ५ घण्टा लाग्छ भने नजिकको ठूलो अस्पतालको लागि सुर्खेत पुग्न पूरा एक दिन नै लाग्छ । 

 

 

केन्द्रको भवन निर्माण, आवश्यक उपकरणहरु, कर्मचारी, औषधी सहित ५ वर्षसम्मको सञ्चालनको लागि कुल खर्च  ६१ लाख रुपिया लाग्नेछ । जसमध्ये करिब २० लाख रुपिया उठ्न अझै पनि बांकी छ । अबको डेढ वर्षमा एनएनए यूकेको वर्तमान कार्यसमितिको कार्यकाल पूरा हुनुअघि नै उक्त रकम संकलन गरिसक्ने लक्ष्य राखिएको अध्यक्ष सिम्खडाले बताए । सोहि कोष संकलनको लागि अहिले वर्क अ डे फर एनएनए यूके अभियान नै चलाएर पनि बेलायतमा कार्यरत नर्सहरुबाट रकम संकलनको काम सुरु गरिएको छ । 

 

मातृशिशु केन्द्रका लागि आवश्यक कोष संकलनको कार्य सन् २०१४ देखि नै सुरु गरिएको भएपनि  भुकम्पपछि केहि समय रोकिएको थियो । त्यसबीचमा एनएनए यूकेले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक र गोर्खाका एकएक विद्यालय पुननिर्माणको लागि २० लाख रुपिया बराबरको सहयोग गरेको थियो । 

 

संस्थाको 'ड्रिम प्रोजेक्ट'कै रुपमा रहेका मातृशिशु केन्द्रको योजना साकार पार्न सहयोग गर्ने बेलायतका सम्पुर्ण नेपाली नर्स तथा सहयोगदाताहरुप्रति एनएनए यूकेले आभार प्रकट गरेको छ । 

 

'आज यो मातृशिशु केन्द्र सुरु हुने अवस्थासम्म आइपुग्न सहयोग गर्नुहुने सबैप्रति हामी कृतज्ञ छौं', एनएनए यूके अध्यक्ष विनोद विकास सिम्खडा भन्छन्, 'तर हाम्रो लक्ष्यअनुसार यसलाई ५ वर्षसम्म सञ्चालन गर्नुपर्ने चुनौति हामीसंगै अझै बाँकी छ । जसको लागि आवश्यक कोष संकलनका लागि सबैको साथ, सहयोग रहनेछ भन्ने हामीलाई आशा छ ।' 

 

बेलायतमा कार्यरत नेपाली नर्सहरुको प्रतिनिधि संस्थाका रुपमा सन् २००८ मा एनएनए यूके स्थापना भएको हो । करिब डेढ सयको संख्यामा आजीवन तथा साधारण सदस्य रहेको संस्थाले आफ्ना सदस्य नर्सहरुबीचको नेटवर्किङ तथा पेशागत क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।  सन् २०१६ देखि बेलायतमा च्यारिटी कमिसनमा समेत दर्ता भइसकेको एनएनए यूके विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ ।

 

हेरौं थप तस्विरहरु : 

 

 

 

 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।