बेलायतमा बस्ने कुन देशका नागरिक बढि ? रोमानिया दोस्रोे र भारत चौंथो स्थानमा

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 8 months ago
  • युके

 

लण्डन । बेलायतमा बसोबास गरिरहेका बेलायतका नागरिक बाहेकका गैर बेलायतीहरुको कुल संख्या कति होला ? यी गैर बेलायती विदेशीहरुमध्ये सबैभन्दा बढि कुन देशका नागरिक छन् होला ? 

 

द अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस ) ले एक नयां तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार अहिले बेलायतमा बसोबास गरिरहेकाहरुको कुल संख्या ६ करोड ५१ लाख ७६ हजार छ । त्यसमध्ये ६२ लाख गैरबेलायती नागरिकहरु छन् । 

 

अघिल्लो वर्षको तुलनामा गैर बेलायतीहरुको यो संख्या ४ प्रतिशतले बृद्धि भएको हो । 

 

त्यसैगरी बेलायतबाहेकका अरु देशमा जन्मिएका तर अहिले बेलायतमै बसिरहेका मानिसहरुको संख्या ९४ लाख छ । जुन विगतको तुलनामा ३ प्रतिशतले बढेको छ । 

 

तथ्यांकका अनुसार ६२ लाख गैरबेलायती नागरिकहरुको ६१ प्रतिशत अर्थात ३८ लाख मानिसहरु विभिन्न युरोपेली देशका नागरिक हुन् । 

 

बेलायतमा बसोबास गर्ने गैरबेलायती नागरिकहरुमा सबैभन्दा बढि पोल्याण्डका नागरिक छन् । उनीहरुको संख्या झण्डै १० दश लाख छ । 

 

पोल्याण्डपछि दोस्रो स्थानमा रोमानियाका नागरिकहरु छन् । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि हुंदै उनीहरुको संख्या अहिले ४ लाख ११ हजार पुगेको छ । 

 

सूचीको तेस्रो स्थानमा रिपब्लिक अफ आयरल्याण्डका नागरिकहरु छन् । उनीहरुको संख्या ३ लाख ५० हजार छ । चौंथो स्थानमा भने भारतीयहरु छन् । ३ लाख ४६ हजार भारतीय नागरिकहरु अहिले बेलायतमा बसोबास गर्छन् । 

 

सन् २००४ बाट गणना सुरु गरिएयता बेलायतमा बस्ने बेलायतबाहिर जन्मिएका तथा गैरबेलायती नागरिकहरुको संख्या हरेक वर्ष बृद्धि हुंदै आएको छ ।  

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 5 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।