IIMS College

ISMT

HUB Education

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । 

 

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यो भनाइ राखेका हुन् । 

 

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेको छ । 

 

कतिपय अमेरिकी नागरिकले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् । 

 

राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताए । 

 

मन्त्रिपरिषद बैठकमा उनले उत्तर कोरियाले उसका चारमध्ये एउटा यस्तो शक्तिशाली केन्द्र भत्काइसकेको छ र जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको छ भनेकाे मन्त्रिपरिषदको बैठकलाई उद्धृत गर्दै जनाइएको छ । 

 

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएको समाचार आएको थियो । 

 

तर उत्तर कोरियाको भनाइको विश्वास पूर्ण रुपमा गर्न नहुने भन्दै अमेरिकी समुदायले नै राष्ट्रपति ट्रम्पको आलोचना गरिआएका छन् । 

 

उत्तर कोरियाले अमेरिकासहित विश्वका दश देशका पत्रकारलाई नै आमन्त्रण गरी उनीहरुको रोहवरमा उक्त आणविक केन्द्र भत्काएको थियो । तर त्यहाँ कतिवटा यस्ता केन्द्र छन् भन्ने बारेमा भने विज्ञहरुको विचार फरक फरक आएको छ । 

कतिपयले त्यहाँ शक्तिशाली छ वटा यस्ता आणविक केन्द्र भएको बताउँछन् भने केहीले यहाँ यस्ता केन्द्रहरु चारवटा मात्र रहेका बताउने गरेका छन् । 

 

यसरी उनीहरुका विचारमा आणविक केन्द्र पनि उत्तर कोरियाले सबैजसो नष्ट गर्न नसक्ने अवस्था रहेको बताएका छन् । 

 

तर राष्ट्रपति ट्रम्पले भने आफू उत्तर कोरिया पूर्ण रुपमा नै निशस्त्रीकरणमा जाने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ । उनले अमेरिकी मन्त्रिपरिषदको बैठकमा पनि सोही जवाफ दिएको बताइएको हो । 


थप समाचार

पछिल्लो ९ खेलदेखि जित निकाल्न नसकेको आर्सनल

  • 29 minutes ago
पछिल्लो ९ खेलदेखि जित निकाल्न नसकेको आर्सनल

काठमाडौँ । जारी सिजनमा इंग्लिस क्लब आर्सनलले निकै खराब खेल प्रदर्शन गरिररहेको छ । बिहीबार राति घरेलु मैदान इमिरेट्समा आर्सनललाई ब्राइटनले पराजित गरेर रेकर्ड नै राखेको छ । यसअघिको खेलमा ब्राइटनले आर्सन

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो

  • 30 minutes ago
अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ ।समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थि

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

  • 31 minutes ago
जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।