उत्तर कोरिया र अमेरिकाबीचको शिखर बैठक किन रद्द भयो ? यसको जिम्मेवारी कसले लिने ?

बिबिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए।

 

शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो।

 

उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

 

मे १६ पछि उत्तर कोरियाले अमेरिकी धारणालाई लिएर धेरै पटक असन्तोष व्यक्त गरेको थियो।

यसबीचमा उत्तर कोरियाले दक्षिण कोरियासँगको अन्तर-कोरियाली सैनिक वार्ता रद्द गर्‍यो।

 

अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले असन्तुष्टि जनायो।

 

त्यसबाहेक उत्तर कोरियाले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको भनाइप्रति पनि विमति जनायो।

 

जसले उत्तर कोरियाको हकमा पनि लिबियालाई जस्तै परमाणु मुक्त बनाउने उपाय अवलम्बन गर्नुपर्ने आफ्नो सुझाव रहेको बताएका थिए।

त्यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए- उत्तर कोरियाले आफ्ना पारमाणविक अस्त्र नष्ट नगरे किमको नियति लिबियाका तत्कालीन कर्णेल गद्दाफीको जस्तै हुनेछ।

 

यसबीचमा अमेरिकी अधिकारीहरूले कडा अभिव्यक्ति दिए पनि उत्तर कोरियाले पूर्व निर्धारित योजना अनुसार नै पारमाणविक परीक्षणस्थल नष्ट गर्‍यो।

 

त्यसबाहेक दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले मे २३ मा अमेरिकाको भ्रमण गरे।

त्यसक्रममा ट्रम्पले भनेका थिए( उत्तर कोरियाले केही शर्तहरू पूरा नगरे शिखर बैठक स्थगित गरिने छ।

 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दिएको एउटा अन्तर्वार्तापछि उत्तर कोरियाले उनलाई अज्ञानीु र बेवकुफु भन्यो।

 

अन्तर्वार्तामा पेन्सले राष्ट्रपति ट्रम्पसँग किमले खेलाँची गरे त्यो उनको ठूलो भुल हुने बताएका थिए।

 

उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले भने- उत्तर कोरियाले वार्ताका लागि अमेरिकासमक्ष न त अनुनय गर्नेछ न त अमेरिकालाई मनाउन चिन्ता नै लिनेछ।

अचानक पारमाणविक अस्त्र मुक्त हुने उत्तर कोरियाको चाहनाले आशंका उब्जाए पनि अहिलेको समयमा आक्रामक अभिव्यक्तिले स्थिति प्रतिकूल हुन सक्छ।

 

खासमा अमेरिकी नेताहरूबाट त्यस्तो अभिव्यक्ति आउन थालेको थियो। उनीहरूको विश्वास थियो अमेरिकी दबाबमा आएर उत्तर कोरिया पारमाणविक अस्त्र मुक्त हुन राजी हुनेछ।

 

ट्रम्प प्रशासनको ठम्याइ छः ताजा प्रतिबन्धहरूका कारण उत्तर कोरियाले अभूतपूर्व रुपमा एक्लो भएको महसुस गरिरहेको छ।

उत्तर कोरियाको कच्चा तेल, कपडा उद्योग र विदेश सम्पति लगायतमाथि प्रतिबन्ध जारी छ।

 

त्यसबाहेकका कैयौँ प्रतिबन्धका कारण पनि उत्तर कोरियासामु अमेरिकासँग वार्तामा बस्नुको विकल्प नभएको बुझाइ थियो।

 

त्यस्तै बुझाइका माझ ट्रम्प शिखर बैठकबारेको आफ्नो अडानमा टसमस नहुने स्थितिमा पुगेका थिए।

 

आफ्नो विदेश नीति समूहबाट रेक्स टिलर्सन र एच आर म्याकमास्टरलाई हटाएर ट्रम्पले माइक पोम्पेओ र जन बोल्टनलाई ल्याए।

 

ट्रम्प प्रशासनले एकतर्फी ढङ्गले इरानसँगको पारमाणविक सम्झौताबाट अलग भएको घोषणा पनि गर्‍यो।


थप समाचार

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

  • 9 minutes ago
मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका

५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

  • 22 minutes ago
५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडौं । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

  • 27 minutes ago
१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

धनकुटा । २२ वर्षदेखि धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।