सञ्जिवनीको आवाजमा गीतकार उप्रेतीले ल्याए नयां गीत ( भिडियो)

लण्डन । बेलायतको पिटरबरोमा बस्दै आएका गीतकार नृपेश उप्रेती आफ्नो गीतसहित दर्शक, श्रोतामाझ आएका छन् । 

 

उप्रेतीको रचनामा रहेको 'अंगालोमा बांधीराख' बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय तथा चर्चित भारतीय गायिका सञ्जिवनी र गायक नारायण धितालको आवाज सजिएको छ । 

 

यो म्युजिक भिडियोको छायांकन भने स्कटल्याण्डका विभिन्न रमणीय दृश्यहरुमा गरिएको छ । 

 

भिडियोको निर्देशन तथा सम्पादन स्कटल्याण्डबासी निर्देशक दिपेश रेग्मीले गरेका हुन् भने छायांकन फोस्टास तालाकाले गरेका छन् । भिडियोमा अभिनय अभिषेक तथापा र लिसा सुनारले गरेका छन् । लिसा मिस यूके नेपालकी रनर अप विजेता हुन् । 

 

 

डेढ दशकभन्दा लामा समयदेखि बेलायतमा बस्दै आएका गीतकार उप्रेतीको रचनामा अहिलेसम्म २ दर्जन बढि गीतहरु सार्वजनिक भइसकेका छन् ।

 

अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल लगायतका नेपालका अधिकांश चर्चित गायक तथा गायिकाको आवाज आफ्ना शब्दमा भराइसकेका छन् उप्रेतीले । 

 

नेपालमा रहंदा विभिन्न राष्ट्रिय मिडियाहरुमा आबद्ध रहेर सञ्चारकर्मीका रुपमा समेत स्थापित उप्रेती बेलायतबाट समेत सञ्चारकर्ममा क्रियाशिल रहंदै आएका छन् । 

 

हेरौं भिडियो : 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।